१७ चैत्र २०७६–खोटाङ । जिल्लाको उत्तरी क्षेत्र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका स्थानीयले आफ्नै घर अगाडि कोरोना भाइरस निको पार्ने बुट्टी पाउने आशाले खाल्डो खनेको जानकारी प्राप्त भएको छ ।
‘दलाई लामाले कोरोना भाइरसको बुटी घर अगाडि गाडिदिएको’ छ भन्ने हल्ला फैलिएपछि बाक्सिला बजारकै केही स्थानीयले खाल्डो खनेको स्थानीय ईखबहादुर राईले बताएकाछन् ।
बाक्सिलाबजारको भञ्ज्याङका स्थनानीयले बढिमात्रमा खाल्डो खनेका छन् । घरको मुल ढोका अगाडि खाल्डो खन्दा कतिपयले कोइला र लिचीको बियाँ फेला पारेको बताइएको छ । कोरोनाको बुटी पाइने भ्रम फैलाइएपछि विभिन्न ठाउँका स्थानीयले घर अगाडि आँगनमा खाल्डो खनेको चर्चा चलिरहेको छ ।
‘परियार थरका मेरै छिमेकीले घर अगाडि खाल्डो खने, भञ्ज्याङका धेरैजसो स्थानीयले खाल्डो खनेका छन्,’ सामाजिक क्षेत्रमा क्रियासिल नाम नभन्ने शर्तमा एक ब्यक्तीले भने, ‘कोईला र लिचीको बियाँ भेट्टाए रे । पहिला जे पुरिएको थियो, त्यही भेटिने हो । यस्ता भ्रममा पर्नु हुँदैन उनले भने ।’
इो घटनाका बारे खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई बुझ्दा यो बिषयमा आँफु बेखबर रहेको कुरा बताएकाछन् । भने केपिलासगढी गाँउपालिकका अध्यक्ष कृष्णकुमार राईले समेत आफुलाई जानकारी नभएको कुरा ब्यक्त गरेकाछन् ।
कोरोना भाइरसले विश्वमानै महामारी फैलिएको बेला एस्ता किसिमको भ्रम र अफबाह फैलिरहँदा स्थानिय प्रशासन भने बेखबर रहेको छ । यस्ता किसिमको भ्रमित कुरा फैलाउने अपाराधीहरुलाई प्रशासनले पहिचान गरी दण्डित गर्नुपर्ने र सो को जिम्मा प्रमुख जिल्ला अधिकारीलाई रहेको हुदाँ अपराधीलाई कार्यबाही हुनुपर्ने स्थानियको माग रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]