१८ चैत्र २०७६– मोरङ । जिल्लाको बेलवारी नगरपालिकाकी उपमेयर तारा पराजुलीद्वारा सडक जिबन बिताइरहेका एकपछी अर्को बेसाहाराहरुलाई उद्दार गरी सुरक्षित स्थानमा लगिएको खबर प्राप्त भएको छ ।
यसभन्दा अगाडी ५० बर्ष देखी सडक जिबन बिताएका नाम नखुलेका तामाङ थरका ८२ बर्षिय बृद्दको उद्दार गरिएपछी उक्त बृद्दले “थ्याङ्क यू माई गड” भनेसंगै उपमेयर पराजुलीको चौतर्फी प्रशंसा भइरहेको नगरबासीहरुको भनाई रहेकोछ ।
पुनः हप्तादिन बित्न नपाउदै लामो समयदेखि साहाराविहिन भएका बेलबारी नगरपालिका वडा नं.११ लक्ष्मीमार्ग जुराहका ८० वर्षीय लेखिया धिमाललाई स्थानीयवासीको सहयोग लिएर नगरपालिकाकी उपप्रमुख तारा पराजुलीको नेतृत्वमा उद्वार गरिएको स्थानियले जानकारी दिएकाछन् ।
गाउँगाउँ चाहारेर मागेर समय विताउने वृद्ध धिमाल अविवाहित नै रहेकाले बेलुकी बास बस्न मात्र उनकी बहिनी जिराही धिमालकोमा जाने गरेको र उनको श्वास्थ्य अबस्था दयनिय बनेको भन्ने जानकारीका आधारमा यस्तो कोरोनाको संकटबाट बचाउनकालागि निजलाई उद्दार गरी मानब सेवा आश्रम संग समन्वय गरी विराटनगरमा रहेको मानसेवा आश्रममा लगिएको उपमेयर पराजुलीले बताएकीछन् ।
विश्वमानै कोरोना महामारीको संकट परेको साथै राज्यले लकडाउन गरेको बेला संकट बाट बचाउने अभिभावकत्व नगरपालिकाको रहेकोले पनि धिमालको उद्वार गरिएको पराजुलीले बताएकीछिन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]