२० चैत्र २०७६ खोटाङ । जिल्लाको तत्कालिन बुइपा गाबिस वडा नं.६ हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपलिका १४ बुइपा छापगाँउमा २००८ सालमा जन्मिएका बम थुलुङले मानबिकी संकायको इतिहास र संस्कृती बिषयमा मा स्नातोकोत्तर सम्मको अध्ययन गरी पाटन संयुक्त क्याम्पसमा प्राध्यापन गरिरहेका थिए ।
उक्त समयमा गाँउ फर्कने,आफ्नो गाँउ आफै बनाउने भन्ने अभियानहरुले पढलेख भएका मानिसहरु गाँउतिर लागे । उही समयमा पाटन संयुक्त क्याम्पसको सरकारी जागिरको मोह त्यागेर आफ्नो गाँउ आफै बनाउनको लागि दिक्तेल फर्किएका एक दिग्गज प्राध्यापक,साहित्यकार हुन बम थुलुङ ।
२०३७ सालमा स्थापना भएको दिक्तेल क्याम्पसका संस्थापक क्याम्पस प्रमुख नरेन्द्र राजभण्डारी २०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा भाग लिने भएपछी क्याम्पस प्रमुखबाट राजिनामा दिएका थिय । सोही बेला पाटनको सरकारी जागिर छोडेर दुर्गमको उच्च शिक्षा प्रदान गर्ने जिल्लाको एकमात्र क्याम्पसको क्याम्प प्रमुखको रुपमा २० बर्ष लामो समय रही आम खोटाङ्गेको सपनालाई एउटा उचाईमा पु¥याउन मद्दत गर्ने एक होनाहार बौदिक प्राध्यापकलाई जिल्लाले गुमाउनु प¥यो ।
शैक्षिक,भौतिक,आर्थिक,यातायात आदिको अभाबमा पनि सोलुखुम्बु,ओखलढुङ्गा,खोटाङ्ग,भोजपुर र उदयपुरको बिद्यार्थीको भबिष्य निर्माणको लागि जिल्लामा भरखरै सञ्चालन गरेको क्याम्पसलाई एउटा उचाई सम्म पु¥याउन कम्बर कसेर लागेका उ बेलाका जनता र बिद्यार्थीका माझ हाई हाई बनेका सबैका सारथी क्याम्पस प्रमुखको प्राणघातर रोग क्यान्सरका कारण ५४ बर्षको अल्पायुमै देहबसान भयो ।
राजधानी बाट दुरदाजको गाँउमा स्थानिय श्रोत र साधनको अधिकतम् उपयोग र आम अभिभाबकको सहयोगमा गाँउमै उच्च शिक्षा प्रदान गर्नको लागि २० बर्ष सम्म अनबरत क्याम्पस प्रमुख जस्तो पदमा रहेका ब्यक्तीको मृत्युले बिद्यार्थीहरुलाई र राज्यलाई नै अपुरणिय क्षति भयो । त्यसको सबैभन्दा ठुलो मार भने निजकी श्रीमती र दुई नावालक छोराहरुले ब्यहोर्नु प¥यो ।
उसबेला राज्यको स्थाई सरकार नहुनु सरकार माओबादी शसस्त्र युद्व हुनु , आदिको कारणले पनि बम थुलुङलाई सम्झन र उनको परिवारलाई सम्झन सकेन तर जब नेपालमा ठुला ठुला परिबर्तनहरु भए तत्पश्चात स्थाई र तिन तहको सरकार बन्दा सम्म पनि राज्यलाई योगदानन दिएका ब्यक्तीलाई बिर्सनु राज्य सरकारको कायरता हो ।
पछिल्लो समयमा उनकै भाई दिक्तेल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बाट अबकाश लिएका डा. शुकराज राईको परिकल्पनामा बम थुलुङले देखेको सपना या उनलाई सम्झनका लागि काठमाण्डौं जिल्ला प्रशासन कार्यालयबाट २०७६ बैशाखबाट औपचारिक रुपमा दर्ता गरी बम थुलुङ स्मृती प्रतिष्ठान लाई सञ्चालनमा ल्याईएको प्रतिष्ठानका सचिब डा.शुकराज राईले जानकारी दिएकाछन् । प्रतिष्ठानले जनजातीहरुको राई भित्रको थुलुङ कर्मकाण्डिय पुस्तक “मुन्धुम” पुस्तक प्रकाशनको लागि अनुसन्धान भई रहेको जानकारी प्राप्त भएको छ ।
राज्यलाई मैले योगदान दिन्छु भने राज्यले मलाई सम्झनुपर्छ यो दोहोरो सम्मानको शिद्वान्त हो । त्यसैले लामो समय सम्म दुर्गममा योगदान गरेका थुलुङलाई राज्य सरकारले बिर्सिएकामा प्रतिष्ठानको दुखेसो रहेको प्रतिष्ठानाका सचिब डा.राईको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]