२४ चैत्र २०७६–खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा कोरोना संक्रमणको आशंकामा ९ जना ब्यक्तीहरुलाई क्वारेन्टाइनमा राख्नेक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती नरेशकुमार श्रेष्ठले अबरोध गरेको खबर प्राप्त भएको छ ।
सामान्यतया विश्वब्यापी मापदण्ड अनुसार कोरोनाका आशंकामा रहेकालाई १४ दिन सम्म क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । सोही क्रममा नगरपालिकाको केन्द्रकारुपमा रहेको छापडाँडास्थित स्वास्थ्यचौकी क्वारेन्टाइनमा राख्नेक्रममा कांग्रेस जिल्ला सभापति नरेश कुमार श्रेष्ठबाटै अवरोध भएको नगर प्रमुख इवन राईले जानकारी दिएकाछन् ।
कांग्रेस सभापतिले कांग्रेसबाटै निर्वा्चित मेयरलाई असहयोग गर्नुलाई गम्भिररुपमा हेरिएको नगर प्रमुख राईको भनाई रेहको छ । कांग्रेस क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापतिसमेतको जिम्मेवारीमा रहेका राईलाई जिल्ला सभापती बाटै असहयोग हुनुले नेपाली काँग्रेस खोटाङमा खैलाबैला शुरु भएको छ ।
यस बिषयमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलका अनुसार ‘क्वारेन्टाइन एक मिटर टाढा भए पुग्छ । गाउँमा राख्नै दिन्न भनेर हुदैन । स्थानीय सरकारले क्वारेन्टाइन जहाँ बनाएको छ त्यहीँ राख्ने हो जसका लागि आवश्यक मेडिकल, खानापानी लगायतका सुविधा पनि चाहियो । क्वारेन्टाइन भनेर जंगलमा लगेर त राख्नु भएन नी,’ ? प्रजिअ पौडेलले भने, ‘यो दुई जना नेता बीचको समस्या हो, उहाँहरुले नै हल गर्नुहुन्छ ।’
यस अघि पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा क्वारेन्टाइन बनाउन दिने भनेर सामाजिक सञ्जालमा बोर्डीङका प्रिन्सिपल लगाएतले सार्बजनिक गरिसकेपछी सभापति श्रेष्ठलेनै अबरोध गरेकोले सर्बत्र आलोचना भएको थियो ।
पार्टी सभापति श्रेष्ठले हलेसीमा रहेको जाम्बला रिसोर्टमा बनाइएको क्वारेन्टाइनमा राख्न भनेका थिए ।
नगरपालिकाले दर्छिममै पनि क्वारेन्टाइन निर्माण गरेको थियो । ति मानिस पनि दुर्छिमकै भएका कारण अवरोधका बावजुत पनि त्यहिँको क्वारेन्टाइनमा राखिएको नगर प्रमुख राईको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]