२४ चैत्र २०७६–खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा कोरोना संक्रमणको आशंकामा ९ जना ब्यक्तीहरुलाई क्वारेन्टाइनमा राख्नेक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती नरेशकुमार श्रेष्ठले अबरोध गरेको साथै निर्बाचित मेयर तथा उपमेयर लाई गालीगलौज गरी धम्की समेत दिएको कारण सभापतीको कार्यशैली बिरुद्व काँग्रेस पार्टी भित्रैबाट संयुक्त बिज्ञप्ती जारी भएको छ ।
कांग्रेस क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति समेतको जिम्मेवारीमा रहेका हलेसी तुवाचुङ नगरपालिकाको मेयर इवन राईलाई जिल्ला सभापती बाटै असहयोग साथै गाली बेइजत गर्ने हर्कत हुनुले नेपाली काँग्रेस खोटाङ लगाएत सामाजिक सञ्जालहरु चौतर्फीरुपमा सभापतीको आलोचना भइरहेको जानकारी प्राप्त भएको छ ।
नगरपालिकाको केन्द्रमा रहेको दुर्छिमका कोरोना आशंकित ९ जनालाई दुर्छिम स्थीत श्वास्थ्य चौकीको क्वारेन्टाइनमा राख्न खोज्दा सभापती श्रेष्ठले अबरोध गरेको थिए । अवरोधका बावजुत पनि बिपदका बेला त्यहिँको क्वारेन्टाइनमा राखिएको नगर प्रमुख राईको भनाई रहेको छ ।
यस अघि पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा क्वारेन्टाइन बनाउन दिने भनेर सामाजिक सञ्जालमा बोर्डीङका प्रिन्सिपल लगाएतले सार्बजनिक गरिसकेपछी सभापति श्रेष्ठलेनै अबरोध गरेकोले सर्बत्र आलोचना भइरहेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]