२४ चैत्र २०७६–मोरङ । जिल्लाको वेलबारी नगरपालिकामा कोरोनाको त्रास तथा त्यसको बाहनामा सामान्य विरामीलाई समेत उपचार नगरी रेफर गरिएको जनगुनासो बढेसँगै नगरपालिकाले निजी मेडिकलहरुको अनुगमन गरी आबश्यक निर्देशन दिएको जानकारी प्राप्त भएको छ ।
नगर उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा नगरस्तरीय अनगुमन समितिले बेलबारीका बिभिन्न निजी मेडिकलहरुको अनुगमगन गरी कोरोनाको लक्षण बाहेकका विरामीलाई अन्यत्र रेफर नगरी उनीहरुको उपचारमा लाग्न निर्देशन दिएको हो ।
कोरोना वाहाना बनाउँदै केही मेडिकलले हात भाचिएको विरामीलाई समेत उपचार नगरी फर्काएको गुनासो आएकोले नगरपालिकाले त्यस्ता मेडिकलहरुलाई बिपदका बेला बाहानाबाजी नगर्न भनिएको छ ।
यदि अनुगमन समितिको निर्देशनलाई अटेर गरे त्यस्ता मेडिकललाई कार्वाही गर्ने चेतावनी दिइएको अनुगमन समितिका संयोजक एवम् उपप्रमुख ढाकाकुमारी पराजुलीको भनाई रहेको छ ।
सबै श्वास्थ्यकर्मीहरुको श्वास्थ्यलाई ख्याल गर्दै नगरपालिकाले निजि मेडिकलहरुलाई समेत यसअघि नै व्यक्तिगत सुरक्षा सामग्री पिपिई उपलव्ध गराईसकेको जानकारी दिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]