२४ चैत्र २०७६–मोरङ । जिल्लाको बेलबारी नगरपालिकाले लकडाउनका कारणले दैनिक बिहान बेलुकीको गुजारा चलाउन समेत समस्यामा रहेका अति बिपन्न परिवारहरुको पहिचान गरी राहत वितरण कार्य शुरु गरेको खबर प्राप्त भएको छ ।
बेलबारी नगरपालिकाका ६ वटा वडाहरुमा एकैदिन राहत बितरण सम्पन्न भएको नगर श्रोतले जानकारी दिएको छ । वडा कार्यालय मार्फत ६ वटा वडाका १७ सय ६२ परिवारलाई राहत सामग्री जनताको घर घरमा पठाइएको बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले बताएकाछन् ।
नगरपालिकाले ४ जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाल, १ किलो नुन र एक डल्ला साबुन वितरण गरेको छ । त्यसैगरी ४ जना भन्दा वढीको परिवारलाई २५ किलो चामल, डेढ किलो दाल, १ किलो नुन, र एक डल्ला साबुन दिएको छ ।
राहात वितरणमा उपप्रमुख ढाकाकुमारी पराजुली, प्रमुख प्रसाशकीय अधिकृत प्रदिप शाह, नगर प्रवक्ता योगेन्द्र सुवेदी, ईलाका प्रहरी कार्यालयका प्रमुख गुणराज वुढाथोकी, शसस्त्र प्रहरी बल लक्ष्मीमार्गका प्रमुख चेतन बाराकोटी सुरक्षा तथा नगरस्तरीय सर्पक्षीय समितिका सदश्यहरु तथा संचारकर्मीहरुको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]