एभन श्रेष्ठ
२८ चैत्र २०७६- काठमाडौं । अहिलेकाे परिस्थितिमा विश्वभरिनैे कोरोनाको महामारी तिव्र गतिमा फैलिरहेको छ । लाखौ मानिसहरुमा संक्रमण भईसकेको छ । कयौ मानिसहरु उपचारमा छन् । अधिकांश मानिसहरु उपचार पश्चात निको भएका छन् भने ज्यान गुमाउनेको संख्या पनि लाखको हाराहारीमा पुग्नलागिसकेको छ ।
हाम्रो देश नेपालमा पनि यसको प्रभाव तिव्र रुपमा परिरहेको कुरा हामीले प्रत्यक्ष रुपमा भोगिरहेका छौँ । कोरोना सं्रकमणबाट बच्न हामी अहिले लकडाउनमा छौ । सामाजिक दुरी कायमगर्ने, बारम्बार साबुनपानीले मिचमिचि हातधुने जस्ता विभिन्न उपायहरु पनि अपनाईरहेका छाँै । अधिकांशमानिसहरु यसबाटत्रसित र चिन्तित छन् ।
बालबालिकाहरुमा यसले अझ बढी प्रभाव पारेको देखिन्छ । यस्तो अवस्थामा बालबालिकाहरुमा कस्ता–कस्ता खालका प्रतिक्रियाहरु तथा मनोसामाजिक समस्याहरु देखिन सक्दछ ? यसलाई कम गराउन अथवा जटिल हुदैगएको अवस्थामा अविभावककोे भुमिका कस्तो रहन्छ ? लकडाउनको अवस्थालाई बालबालिकाहरुले कसरी उपलब्धिमुलक बनाउन सक्छन् भन्ने कुराहरु ऋविभावक तथा बालबालिकाहरुलाई जानाकारी हुन अतिआवश्यक छ ।
बालबालिकामा एकातिर कोरोनाको डर, त्रास र आतंक तिव्र रुपमा फैलिरहेको छ भने अर्काेतिर लम्बिदै गरेको अनिश्चित लकडाउनले गर्दा परिवर्तन हुनआएको दिनचर्यालाई सहज बनाउन नसक्दा यसले बाल मनोसामाजिक सुस्वास्थ्यमा प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको देखिन्छ , जसको संकेतहरु निम्नअनुसार हुन सक्दछन् ।
कोरोनाको कारण अधिकांश समय मनमा डर लागिरहने, त्रसितहुने र आतंकितहुने ।
तनाववढ्दै जानु, चिन्ता वढ्दै जानु र मन शान्त राख्न नसक्नु ।
धेरैजसो समय मनमा असुरक्षित महसुस हुनु र छटपटी भइरहनु ।
मनमा नरमाइलो हुने, दिक्कलाग्ने, अल्छी लाग्ने र दिनविताउन अत्यन्तै कठिन हुने ।
पटक–पटक रिसाउने, झर्किने र झगडा गर्ने ।
स्वास फेर्न गाहो भएको जस्तो हुने र मुटुको धड्कन बढ्ने ।
शरीरको विभिन्न भागमा दुखाइ तथा थकान महसुस हुने ।
खानामा रुचि कम वा बढीहुने, निन्द्रामा घटवढ हुने र सरसफाइमा ध्यान नदिने ।
खेलप्रति रुचि घट्नेवा अनलाईन र भिडियो गेममा ज्यादा समय बिताउने ।
मनमा धेरैजसो नकरात्मक विचार आउने र भविष्यप्रति निरास भएको कुराकानी गर्ने आदी ।
कोरोनाको महामारी र लकडाउन जस्तो असामान्य र नयाँ परिस्थितिमा यस्ता प्रतिक्रिया केहीदिनका लागि हुनु विल्कुलै स्वभाविक हो । प्रायजसो सबै मानिसहरुले यस्तो अनुभव गर्ने गर्दछन् ।
त्यसैले अभिभाबकहरुले तपशिलका कार्यहरु गर्न सके वाल मनस्थीतीमा परिबर्तन ल्याउन सकिन्छ ।
यस्तो अबस्थामा अविभावक आफै नआत्तिने, शान्त रहने अनि आफ्नो बालबालिकाहरुले देखाइरहेको फरक ब्यवहारप्रति विशेष ध्यानदिने ।
बालबालिकाको मनको कुरा र अनुभवहरु मनैदेखि सुनिदिने र यस्ता प्रतिक्रियाहरु केही समयको लागि हुनु सामान्यहो भनिदिने र उनिहरुको कोरोनाप्रतिको डर र त्रासमा पनि खुलेर कुरा गर्ने ।
कोरोनाले कस्तो अवस्थामा हामीलनई क्षति पु¥याउन सक्छ र यसबाट बच्न के–के गर्नु पर्छ भनेर उनिहरुसंग सोध्ने ।
उनिहरुले दिएको सही उत्तरमा स्यावास ! कस्तो राम्रो उपाय भनेर प्रशंसा गर्ने र छुटेका केही कुरा छन् भने थपिदिने ।
घरमा अभिभावकहरुपनि समयमानै खानाखाने, सुत्ने, उठ्ने, शारीरिक अभ्यास गर्ने, आफ्नो व्यत्तिगत सरसफाइमा ध्यान दिने र भान्साको काम लगायत अन्य काममा सहभागी हुने र आफ्नो बालबालिकालाई पनि सँगै सहभागी गराउने ।
ऋविभावक आफैले कोरोनाबारे र अन्य दुःखद घटनाबारे धेरै कुराकानीहरु नगर्ने र नकरात्मक र झुटा समचारहरु सामाजिक संजालमा हेरेर समय नबिताउने । भरपर्दो र आधिकारीक स्रोत बाट मात्र समचार लिने जस्ता बानी बसाउनु अति महत्वपुर्ण हुन्छ ।
एउटा अविभावकले यतिमात्रगर्न सफलभयो भने अधिकांशबालबालिकामा देखा परेकाडर, त्रास, चिन्ता लगायत विभिन्न शारीरिक र मनोवैज्ञानिक प्रतिक्रियाहरु स्वत हराउदै जान्छ र एउटा बालकवाबालिका सामान्य अवस्थामा फर्किन सक्दछ साथै अविभावको मानसिक स्वास्थ्य पनि राम्रो हुदै जान्छ ।
तर कतिपय बालबालिकाहरुमा भने यतिले मात्र पर्याप्त नहुन सक्छ । उनिहरुमा देखापरेका लक्ष्यणहरु झन जटिल हुदै यसले अन्तमा चिन्ता रोग (एन्जाइटि), डिप्रेसन जस्ता विभिन्न खालका मानसिका समस्याको सिकार बनाउन सक्छ । साथै आफ्नो परिवारबाट उचित मनोसामाजिक सहयोग र स्याहार नपाएका बालबालिकाहरुमा पनि उच्च जोखिम हुन्छ ।
त्यस्तो अवस्थामा अविभावकहरुले आफ्नो बालबालिकाहरुको मनोसामाजिक समस्या कम गराउन मनोविद् तथा मनोचिकित्सकहरु बाट विशिष्ट किसिमको मनोपरामर्श सेवा र अवस्थाअनुसार औषधि सेवा पनि लिनुपर्ने हुन सक्दछ । कोरोना महामारीको अवस्थालाई ध्यानमा राखी विभिन्न सघंसस्थाहरुले टेलिफोन, इन्टरनेट तथा हटलाइन मार्फत विहान ८ देखि बेलुका ६÷८ बजे सम्म निशुल्क रुपमा प्रदान गरिरहेको मनोसामाजिक सेवा लिन सकिन्छ ।
जसका लागि नेपालमा मानसिक श्वास्थ्यको बिषयमा काम गर्ने गैह्र सरकारी संस्थाहरु जस्तै ः सि.एम.सि नेपालको हटलाईन न. १६६० ०१ ८५०८० र टि पिओ नेपालको हटलाईन न. १६६० ०१ ०२००५ यस नम्बरमा फोन गरेर पनि सेवा लिन सकिन्छ, यी नम्बरहरुमामा फोन गर्दा कुनै शुल्क लाग्दैन ।
यस लकडाउनको अवस्थामा चुनौतिहरु र अवसरहरु एकसाथ आइरहेका हुन्छन् । एकातिर यस अवस्थालाई हामीले समस्यामुलक दृष्टिकोणबाट मात्र हे¥यौ भने यसले ल्याउने परिणाम मानसिक दुःख, पीडा, तनाव र असफलता जस्ता नकरात्मक कुराहरुनै ज्यादा हुन सक्दछ ।
अर्कोतिर यसलाई एक अवसरको रुपमा हे¥यौ भने यसले ल्याउने नतिजा पनि खुसी, आनन्द, स्वास्थ्य र सफलता जस्ता सकरात्मक कुरा ज्यादा हुनसक्छ । यस अवस्थालाई कसरी हेर्छाै भन्ने हाम्रो नजर नितान्त हामीमा निर्भर रहन्छ । अब हामी अवसरहरुको कुरा गरौ । यो एक प्रसस्त फुर्सदको समय हो, यस्तो समय हुनु आफैमा एक अवसर हो र यसलाई यसरी उपलब्धिमुलक बनाउन सकिन्छ ।
यस समयमा अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाई उनिहरुको रुचि अनुसारको विभिन्न क्रियाकलापहरुमा सहभागी गराउन सकिन्छ, युट्युवबाट सिक्न सकिन्छ, जस्तैः नाच्ने, गाउने, गितार बजाउने, चित्रकोर्ने, विभिन्न रङ भर्ने, चेस खेल्ने, र विभिन्न सिर्जनात्मक कामहरु गर्ने ।
यो एउटा आफुलाई मनपर्ने र आवस्यक पर्र्ने जीवन उपयोगी व्यवहारिक ज्ञान र सिपहरु सिक्ने अबसर हो, जस्तै विभिन्न भाषा, किचेनको काम, करेसाबारीको काम आदि जुन स्कुल र कलेजमा सिकाइदैन ।
यो एक सामाजिक सम्बन्ध बलियो बनाउने, भिडियो कल र फोन मार्फत बालबालिकाहरुलाई आफन्तहरु सँग चिनाउने अवसर हो ।
पहिला गर्न नभ्याएको र मन लागेको कामगर्नेअ वसर हो ।
योग, ध्यान, गहिरो लामो स्वास लिने, शारीक व्यायम, हमेशा सकरात्मक सोचाइ राख्ने अभ्यास आफु पनि गर्ने र बालबालिकाहरु लाई पनि सँगै गराउने अवसर हो ।
फुर्सदको समयमा बालबालिकाहरुलाई यस्ता किसिमका क्रियाकलापहरुमा आफु सँगै सम्लग्न गराउनुले र सिक्न तथा गर्न सहयोग गर्नाले परिवारको विशेष मनोसामाजिक सहयोगले अद्भुत फाइदाहरु हुन सक्दछ ,जुन यसप्रकार छन् ।
पहिलो कुरा कोरोनाको डर, त्रास, तनाव र चिन्ता लगायत विभिन्न मनोसामाजिक समस्याहरुको धेरै हदसम्म रोकथाम गर्न सकिन्छ ।
दोस्रो कुरा यदि यस्ता मनोसामाजिक समस्याहरु भए विस्तारै कमहुदै जान्छ ।
तेस्रो कुरा बालबालिकाहरुले आफ्नो रुचि अनुसारको क्रियाकलाप गर्न, सिक्न र व्यवहारिक ज्ञानसिप सिक्नाले भोलिको दिनमा त्यसैलाई व्यवसायिक रुपमा स्थापित गर्न अत्यन्तै महत्वपुर्ण भुमिका खेल्छ ।
यस्ता किसिमको क्रियाकलाप र जीवनशैलीले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन मद्दत गर्छ । जुन कोरोना लगायत विभिन्न रोगहरुबाट बच्न अत्यन्तै आवाश्यक छ ।
हरेक अभिभावकले बालबालिकासँग मित्रवत ब्यवहार गर्ने, एकआपसमा मनका कुराहरु भन्ने र सुन्ने, नियमित खालको दिनचर्या बनाउने र घरको दैनिक काममा उनिहरुलाई पनि सँलग्न गराउदै उनिहरुले रुचि देखाएको कुरामा आवश्यक सहयोग गर्दै यस समयलाई उपलब्धिमुलक बनाउन विभिन्न क्रियाकलापमा मस्त र ब्यस्त राख्नुले तन्दुरुस्त शरीर, खुसी मन, सुमधुर सामाजिक सम्बन्ध र सफल जीवन बनाउनको लागि ठुलो मद्दत गर्दछ ।
एभन श्रेष्ठ
मनोस्वास्थ्यकर्मी
मनोप्रवाह
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]