• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

मेरो बुझाइमा नयाँ बर्ष ।

१ बैशाख २०७७, सोमबार ११:१४ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • ३०४ पटक पढिएको
  • तारा पराजुली
    १ बैशाख २०७७ –बेलबारी,मोरङ । प्रचलनमा रहेको क्यालेन्डरको पहिलो दिनलाई नयाँ बर्ष आरम्भको दिन भनेर हामी बुझ्छौँ ।नेपाल लगायत विक्रम संवत् मान्ने स्थानहरुमा बैशाख १ गतेलाई नयाँ बर्ष मानिन्छ । पन्चाङ्गमा आधारित यस आधिकारिक र प्रचलित संवतका रुपमा विक्रम सम्वतलाई मानिन्छ । खास गरि सूर्य ग्रहसंग सम्बन्धित भएकाले सौर्य पात्रोको नामाकरण गरिएको यस पात्रोलाई नेपाल र भारतमा चलनमा ल्याइए पनि नेपालमा प्रचलित र आधिकारिक संवतका रुपमा लिइन्छ । वि सं राजा विक्रमादित्यले सुरु गरेपनि नेपालमा राजा चन्द्रशमशेरको कार्यकालदेखि प्रचलनमा ल्याइएको हो ।

     

    नयाँ बर्ष मनाउने हरेक देशका आआफ्नै शैलीहरु छन् । नेपालमा भने विविध कार्यक्रमहरु आयोजना गरि सरिक हुने,बनभोज, साथीभाइ भेट्घाट इस्टमित्र भेटघाट,ससाना पार्टी उत्सव गरेर नयाँ बर्ष मनाउने परिपाटी यसबर्ष फेरिएको छ। यस पटकको नयाँबर्ष घरभित्रै मनाऔँं । हामीले बुझेका छौं कि,हुरीले सपनाहरू चुटाएर जान्छ । तर शान्त हावाको गति जति बढी भयो चङ्गा त्यति माथि उड्छ।यसबेला हामी हुरी होइन शान्त हावा बांचिरहेछौं वहिरहेछौँ । शान्ति र स्वतन्त्रता जीवनका लागि अक्सिजन हुन् । आफनै घर आंगनभित्र शान्ति आनन्द र स्वतन्त्रता महशुस गरौँ । नयाँ बर्ष साँच्चिकै नयाँ बन्नेछ ।

     

    नेपाली नयाँ बर्षको पुर्वसन्ध्यातिर फैलिएको कोरोना सन्त्रास लकडाउनसम्म पुग्दा हाम्रा सबैजसो दिनचर्या फेरिएका छन् ।।यसबेला नेपाल लगायत विश्वका अधिकांश देशहरु आम मुद्दाहरु एकातिर थन्क्याएर बाँचौं र बचाउंको मुद्दामा एकाकार छन् ।

     

    मुलुकका सबै शक्तिहरुलाई पछि पार्दै कोरोना भाइरस अहिले सर्वा्धिक शक्तिशाली बनेर छाइरहेको छ।जसको सबैभन्दा ठुलो शत्रुता मानव समुदायसंग देखिन्छ । यसर्थ कोरोना भाइरसको क्रुर महामारीबाट अहिले विश्व मानव वेचयन र त्रसित छ।यस त्रासलाई सावधानीमा वदलेर मानव जगतको रक्षार्थ हामी हरेक नागरिक युद्ध भूमिका युद्दकर्मीका रुपमा तैनाथ छौं । हामीलाई शङ्का र त्रासले उकुसमुकुस बनाए पनि हतास भइहाल्नु पर्ने अवस्था छैन। सभ्यताको विकाससंगै अनेकौं उथलपुथल र संकटका कालखण्डहरु हामीले जितेका छौ।यस पटक पनि हामी जित्नकै लागि सम्पूर्ण शक्ति र स्रोतसंगै बुद्दिमतापूर्वक परिचालित छौं । पक्कै पनि हाम्रो बुद्दिमता पराजित हुनेछैन ।

     

    यसबेला सरकारले अघि सारेको लकडाउनको परिपालना र निरन्तरको होमक्वारेन्टाइन नीति नै कोरोना विरुद्धको संजिवनी अर्थात् अचुक औषधी हो भन्ने बुझेर पनि आम गतिशीलतालाई हामीले ब्रेक लगाएका छौं । लकडाउनलाई मर्या्दित बनाउन हाम्रा आचरण व्यवहारहरुमा परिवर्तन गरेका छौं । स्वतन्त्र पन्छी झैं उडिरहने हामी लामो समय घरभित्रै बस्नुपर्दा अलि भिन्न महशुस हुनु स्वभाविक हो।मौलिक रहनसहन रितिरिवाज धार्मिक सांस्कृतिक लगायत अत्यावश्यक काम बाहेक विविध क्रियाकलापहरु हामीले थाँती राखेका छौ । कोरोना कहर पार गर्दै हाम्रो सामु नयाँ बर्ष प्रवेश गर्दैछ । हर्सोल्लाससहित नयाँ बर्षलाई स्वागत गर्दै आआफ्नै शैलीमा उल्लासमय गतिविधि गर्ने हाम्रो जुन पद्धति थियो यस पटक अलि भिन्न बन्ने छ । पहिलो कुरा हामी बाचौं । हामी बाचें थुप्रै नयाँ बर्षहरु सुन्दर अवसर बनेर बर्षेनी आउने छन् कामना गरौं ।

     

    यतिबेला अलिकति समय गहन चिन्तन गर्न थोरै फुर्सद निकालौँ, अनि केहीपटक जिन्दगीलाई दोहिर्याएर तेहेर्याएर राम्रोसँग पढौँ । हामीले आफ्नो जिवनकालमा थुप्रै नयाँ बर्षहरु कटाएका छौँ । यस अन्तरालमा नयाँ लागेका कैयौं याम हामीले हेर्दाहेर्दै पुरानो मात्र होइन थोत्रो बनाएका छौ । वर्षको सुरुवात नयाँ र असल काम गरेर सुरु गरे सिङ्गो साल सफल हुन्छ भन्ने मान्यताभित्र हुर्किएका हामी कुनै न कुनै नयाँ क्रियाकलाप विनाको नया बर्ष खल्लो र नमज्जा लाग्नु अस्वभाविक होइन ।
    इतिहासमै हामी समयको रौद्र रुप भोगिरहेछौं।जहाँ जुन अवस्थामा भएपनि यो बर्षको नयाँ दिनको सुरुवात हामी भिन्न ढंगले गरौं । विगतमा गरेका राम्रा कामहरु स्मरण गर्दै प्राप्त भएको आनन्द महशुस गर्दा मात्र पनि अलिकति उर्जा बढ्छ । अब फेरि त्यो भन्दा परिस्कृत शैलीको खोजी र प्रण गरौं । जानेर या नजानेर गरेका गल्तीहरुलाई याचना गरौँ।सकेसम्म फेरि जानेर गल्ती नगर्ने अठोट गरौं । खुशी हुने बाहनामा हामीले आजसम्म यी काम छुटाइरहेका छौँ भने यो समयले परिपूर्ति गर्न सहयोग गर्नेछ ।

     

    केही झोक्का स्वास र तागतको इन्धनले उडिरहेको जीवनको रकेट उपयुक्त समय र ठाउँमा ल्याण्ड होउन्जेल आत्मबलले पनि थप गति र उत्प्रेरणा दिइरहन्छ ।
    यतिबेला धेरैजसो घरबाहिर काम गर्ने पुरुष दाजुभाइहरुलाई घरभित्र बस्न निकै कठिन भएको छ । अधिकांश महिलाहरुले भने कामकाजी र आत्मनिर्भर भएपनि घर, पेशा,अफिसको समय र कामको राम्ररी व्यालेन्स मिलाएकै हुंदा त्यति धेरै अफ्ट्यारो छैन । घर र जागिर धान्न आफैले प्रतिपादन गरेका मानकहरुले काम गरिरहेकै छन् । कार्यलयको काम सकिनासाथ साथीभाइ भेट्घाट,मिनिपर्टी जस्ता सहभागितामा समय विताउने केही पुरुष दाजुभाइहरुको दैनिकी मज्जाले बदलिएका छन्।यसले परिवार्संग बस्ने,आपसमा सरसहयोगी भावनाको विकास गर्ने,पारिवारिक प्रेम सद्भावलाई बलियो बनाउने अवसर त प्रदान गरेकै छ । यो निरन्तरताले पनि नयाँ बर्षमा पक्कै नयाँपन दिनेछ ।

     

    यो पटकको नयाँ बर्ष घरभित्रै खुशीहरु खोजौं । फोन सामाजिक संजालको माध्यमबाट साथीभाइ आफन्तहरुसंग सुभकामना आदानप्रदान गरौं । सम्भावित उत्पादनशील र सिर्जनात्मक कर्य गरौं । हांसीखुशी परिवारसंग समय विताऔं । परिवारमा ससाना कामहरु मिलेर गर्दै जे छ बाडीचुंडी खाउँ । समुदायमा हामीजस्तै अन्य नागरिक भोकै भए सकेको सहयोग गर्दै सम्बन्धित निकायमा खवर गरौं । सुख दुख साटासाट गरौं । यी क्रियाकलाप हाम्रा लागि झन नयाँ र सिर्जनात्मक हुने छन् । हाम्रा घरभित्र पनि अनेकौं नवीन लयहरु छन् । हृदयलाई शीतल बनाउने सुन्दर संगीतहरु छन् । महशुस गर्न सके हामीभित्रै इन्द्रेणी रङ्गहरु छन् ।

     

    अहिलेसम्म पनि हामीले नदेखेका कहिल्यै अनुभव नगरेका अनेकन खुशीहरु लुकिबसेका छन् । घरभित्र यिनलाई खोजौं,अर्को कुरा हाम्रा साझा समझदारीहरुले विगतमा सम्पादन हुन बाँकी सम्बन्धका परिच्छेदहरु सम्पादन गर्ने समय अनि बेमेल र असमझदारीहरु करेक्सन गर्ने अवसर पनि हो । यो अवस्थामा घरमा पारिवारिक दायित्व नबुझ्नु मन विचारहरु बाझ्नु,,मानव स्वास्थ्यको लागि हानिकारक हो।अहिले हामीलाई प्रेम,सहयोग सद्भाव र विश्वासबाट प्राप्त शक्ति र उर्जाको आवश्यक छ । यही उर्जाको माध्यमबाट हाम्रो रोग प्रतिरोधात्मक शक्ति बढाउनु छ । अहिले हामीलाई पर्याप्त आत्मबलको खांचो छ । आत्मबलले पनि इम्युनिटी पावर वृद्धि गर्छ । विज्ञान जगतले नै विश्वास र पुष्टि नै गरेको छ कि,हामीभित्रको सन्तुष्टि र खुशीले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।

     

    हर्बटले भनेका छन् (स्वतन्त्रता भनेको एउटा खुल्ला झ्याल हो,जहाँबाट आएको सूर्यको प्रकाशले मानिसको आत्मा र मर्यादालाई जीवित बनाइरहन्छ । वास्तवमा आत्मा र मर्यादा जीवित हुनु भनेको व्यक्ति पूर्ण हुनु हो । यो पूर्णताले जीवन सिर्जनशील बनोस् । यो समय सामाजिक सांस्कृतिक क्षेत्रमा अग्रसर भइ काम गर्ने नयाँ जांगर उत्साह र प्रेरणा मिलोस् नयाँ बर्षको शुभकामना ।

     

    (लेखक ः बेलबारी नगरपालिकाकी उपमेयर हुन् )

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑