२ वैशाख २०७७– खोटाङ । जिल्लाको दक्षिणी भेगमा रहेको बराहपोखरी गाउँपालिका–१ की मेनुका राईले श्रीमानको हत्या गरेको खबर प्राप्त भएको छ । मानसिक रुपमा असन्तुलन मेनुकाले खुकुरी प्रहार गरेर ५० वर्षका श्रीमान छकुमार राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
श्रीमती मेनुका राईको खुकुरी प्रहारबाट छकुमारको सोमबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिएकाछन् । राईको शव परीक्षण गर्न जिल्ला अस्पताल उदयपुरको जिल्ला अस्पताल गाईघाट पठाइएको जानकारी आएको छ ।
श्रीमानलाई खुकुरी प्रहार गर्ने मेनुकालाई ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको छ । पक्राउ परेका मेनुकालाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याइएको प्रहरीको भनाई रहेको छ ।
मेनुकाले श्रीमानको टाउको, ढाड लगायतका विभिन्न ठाउँमा खुकुरी प्रहार भएको थियो । पक्राउ परेकी मेनुका विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर कारवाही थालिएको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]