३ बैशाख २०७७–काठमाण्डौ । नेपाल टेलिकमले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भए,नभएको जानकारी दिन विशेष सेवा सुरु गरेको जानकारी दिएको छ ।
टेलिकमका प्रयोगकर्ताले मोबाइलबाट *१४१९# डायल गरेर सही उताबाट सोधेको उत्तर दिएमा कोरोनाको सम्भावित सङ्क्रमित पत्ता लगाइदिनेछ ।
मङ्गलबारदेखि प्रयोगमा आएको यो सेवाले संक्रमित पत्ता लगाउन सहयोग पुग्ने र सम्भावित संक्रमितलाई सरकारीस्तरबाटै फोन गर्ने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ ।
*१४१९# डायल गरेमा ज्वरो आए,नआएको, खोकी लागेको,नलागेको, श्वास फेर्न गार्हो भए,नभएको, आफू या परिवारका सदस्य विदेशबाट आए,नआएको उत्तर दिनुपर्छ । हरेक प्रश्नको उत्तरमा १ र २ नम्बर थिच्ने विकल्प दिइएको छ ।
यसरी आएका उत्तरलाई वर्गीकरण गरेर कोरोनाको सम्भावनाको शङ्का गरिएकाको नम्बर कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा पठाउने र उतैबाट ग्राहकलाई फोन आउने टेलिकमले जनाएको छ ।
जसको कारणले नागरिकको मनमा लागेको शंका निवारणका साथ बास्तबिक संक्रमण पहिचान गर्न सहयोग पुग्ने टेलिकमको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]