४ बैशाख २०७७–मोरङ । जिल्लाको बेलबारी नगरक्षेत्रभित्र दैनिक उपभोग्य सामग्रीहरुको बिक्रीमा केही व्यवशायीहरुले अस्वभाविक मूल्यबृद्धि र कृतिम अभाब श्रृजना गरेको जानकारीका आधारमा ४ वटा पसलमा छापा मारिएको जानकारी प्राप्त भएको छ ।
सेवाग्राहीलाई दैनिक उपभोग्य सामग्रीहरुको बिक्रीमा केही व्यवशायीहरुले अस्वभाविक मूल्यबृद्धि गरेको भनी निरन्तर गुनासो आएसंगै नगरभित्रका विभिन्न खाद्यान्न पसलहरुको निगरानी एवम् छड्के अनुगमन गरेको बेलबारी नगरपालिकाकाी उपमेयर तारा पराजुलीले जानकारी दिएकीछन् ।
विश्वब्यापी विपत एवम् महामारीको समयमा सबै नागरिकहरु एकजुट भै विपत्तिको सामना गर्न तयार हुनुपर्ने बेलामा केही व्यवशायीहरु भने कमाउ धन्दामा लागेर कतै कृतिम कतै अस्वभाविक र चर्को मूल्यवृद्धि गर्नु लज्जास्पद विषय भएको भन्दै नगरपालिकाले निरन्तर अनुगमन गर्ने जनाएको छ ।
यस बेला हाम्रो नगरपालिका र नगरवासी मात्र नभएर सिङ्गो देश र देशवासीहरु अप्ठ्यारोमा परेको बेला मौकाको फाइदा उठाउन खोजे यस्ता पसलहरु तत्काल सिल गर्ने र कालाबजारी र कृतिम अभाब गर्ने हरुलाई कानुन बमोजिम कार्बाही गर्ने चेतावनी दिइएको छ ।
चेतावनी संगै ब्यबसायिहरुलाई पहिलो पटकलाई सुध्रिने मौका दिएको र भोलीबाट सानो अनुगमन समुह बनाएर कुनैपनि बेला त्यस्ता ब्यबसायीहरुको छड्के अनुगमन गर्ने उपमेयर पराजुलीको भनाई रहेको छ । साथै नगरपालिकाले यस्तो संकटको घडीमा सबैलाई सकेको सहयोग गर्न आग्रह समेत गरेको जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]