४ बैशाख २०७७–खोटाङ । जिल्लाका विभिन्न स्थानमा भारी बर्षा सहित असिना परेको छ ।
असिना पानीका कारण कृषकले लगाएको हिउँदे बालीनाली र फलफूलहरुमा ब्यापक क्षति भएको जानकारी प्राप्त भएको छ ।
अपरान्ह मेघगर्जनसहित असिना पर्दा बालीनाली र फलफूलमा क्षति पुगेको कृषकहरुको भनाई रहेको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण परेको असिना पानीले जिल्लाको लेकाली भेगमा सवैभन्दा बढी क्षति भएको दिक्तेल रुपाकोट मझुवागढी नगर कार्य समिती सदस्य तथा ब्यबसायिक कृषक समेत रहेका गंगा विश्वकर्माले बताएकाछन् ।
असिनाले आलु, मकै, गहुँ, फलफुलमा सबैभन्दा धेरै क्षति गरेको किसानहरुले बताएका छन् ।
वेंशीमा बस्ने किसानलाई भने पानीले राहत दिएको छ । मकै छर्ने समयमा पानी परेका कारण कृषकहरु हर्षित भएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]