५ बैशाख २०७७–खोटाङ । जिल्लामा विदेशबाट फर्किएका ४७ जनाको नोबेल कोरोना भाइरस (कोभिड–१९) को र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको जानकारी प्राप्त भएको छ ।
गत चैत्र यता विभिन्न देशबाट घर आएका जिल्लाका सबै पालिकामा प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणको परिक्षण गर्न १२० वटा किट पठाएपछि विदेशबाट फर्किएका जिल्लाका १२० जना व्यक्तीका बैसाख ३ गतेदेखि सम्वन्धित पालिकामै पुगेर्र यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो ।
आज सम्म जन्तेढुंगा गाउँपालिकाका २० जना, बराहपोखरी गाउँपालिकाका १ जना र खोटेहाङ गाउँपालिकाका २६ जनामा जनामा कोरोना भाइरसको संक्रमण भएरनभएको यकिन गर्नका लार्गि यापिड डाइग्नोस्टिक टेष्ट गर्दा सबै जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताएकाछन् ।
आज दिप्रुङ चुईचुम्मा गाउँपालिकाका विदेशबाट फर्किएकाहरुको र्यापिड डाइग्नोस्टिक टेष्ट गरिएको छ ।
बैसाख ६ गते ऐसेलुखर्क गाउँपालिकामा, बैसाख ७ केपीलासगढी गाउँपालिकामा बैसाख ८ मा हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तथा बैसाख ९ गते साकेला गाउँपालिकार्मा यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तालिका छ ।
चैत्र अघि काठ्माण्डौं लगाएत बिभिन्न जिल्लाबाट घर फर्किएका व्यक्तीर्को यापिड डाइग्नोस्टिक टेष्ट गर्नका लागि पुःन परिक्षण किट माग गरिएको प्रजिअ पौडेलको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]