६ वैशाख २०७७–खोटाङ । छिमेकी जिल्ला उदयपुरको त्रि.न.पा. ३ भुल्केमा गत शुक्रबार १२ जना कोरोना संक्रमित एकैसाथ फेला परेसँगै खोटाङ र उदयपुर आवतजावत गर्ने सबै नाकामा कडाइ गरिएको जानकारी प्राप्त भएको छ ।
उदयपुर र खोटाङको सिमानाका रसुवाघाट, फोक्सिङटार, बुवाँजोरघाट, धाप्लाङघाट लगायत दर्जन बढी नाकामा कडाइ गर्नको लागि प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका संयोजक शालिग्राम शर्मा पौडेलको भनाई रहेको छ “कोरोना भाइरस फैलिन सक्ने खतरालाई ध्यानमा राखेर केही दिन खाद्यान्न तथा तरकारी ढुवानीका साधनसमेत सञ्चालनमा रोक लगाइएको छ ।”
राजधानी काठमाडौँ लगायतका शहरबाट भित्रिने र बाहिरिने मुख्य नाकाकारुपमा रहेको जयरामघाटमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । यस बाहेक उदयपुरको सिमाना नजिक पर्ने रेग्मिटार, रमाईलो, रसुवाघाट, चमेरेघाट, बङ्शिलाघाट, कम्पुघाट, धाप्लाङघाट लगायतमा स्थानीय प्रहरी चौकीबाट टोली परिचालन गरिएको जनाइएको छ ।
छिमेकी जिल्ला प्रवेश गर्ने नाकासँगै एउटा वडाबाट अर्को वडामा ओहोर–दोहोर गर्नसमेत रोक लगाउन प्रत्येक वडालाई पत्राचार गरिएको हलेसी तुवाचुङ्ग नगरपालिकाको नगरप्रमुख इवन राईले बताएकाछन् । लकडाउन लागू भएपछि अधिकांश मानिस गाउँ फर्किएका छन् । “पछिल्लो समय शहरभन्दा गाउँ असुरक्षित भएकाले एउटा वडाबाट अर्को वडामा ओहोर–दोहोर गर्नमा रोक लगाउन बाध्य भएको मेयर राईको भनाई रहेको छ ।”
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]