७ बैशाख २०७७–खोटाङ । जिल्लामा बैदेश बाट फर्किएका १२० जनाको लागि थालिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) र्को यापिड डाइग्नोस्टिक टेष्ट ६० जनामा सम्मपन्न भएको जानकारी प्राप्त भएको छ ।
हाल सम्म टेष्ट गरिएको सबैजनाको (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । चैत लागेपछि विदेशबाट फर्केकाहरुको ३ बैशाखबाट ६ बैशाखसम्म पाँच स्थानीय तहमा गरिएर्को यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।
अहिले सम्म बराहपोखरी गाउँपालिकामा १ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ८ जना, खोटेहाङ गाउँपालिकामा २६ जना, जन्तेढुंगा गाउँपालिकामा २० जना र ऐंसेलुखर्क गाउँपालिकामा ५ जनाको आरडिटि रिर्पोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिएकाछन् ।
आरडिटि ‘नेगेटिभ’ रिपोर्ट देखिए पनि १० प्रतिशतको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउनुपर्ने हुन्छ । जसका लागि जन्तेढुंगा गाउँपालिकाबाट पाँच जनाको स्वाव पिसिआर परिक्षणमा पठाउँदा सबै रिर्पोट नेगेटिभ आएको प्रजिअ पौडेलको भनाई रहेको छ ।
आज केपीलासगढी गाउँपालिकामा बैशाख ८ गते हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तथा बैशाख ९ गते साकेला गाउँपालिकार्मा यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तालिका छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]