७ बैशाख २०७७–काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनलाई मन्त्रालयमा बोलाइएको बिषयलाई लिएर अर्नगल प्रचार भएको प्रती ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले सूचना जारी गरी पुनका सम्बन्धमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बङ्ग्याइँ मन्त्री भानुभक्त ढकालको नाम समेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकामा ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो नभएको र भ्रमको पछी नलाग्न अनुरोध समेत गरेको छ ।
मन्त्रालय तथा मन्त्री ढकालले कोही पनि स्वास्थ्यकर्मीको मनोवल घटाउने कार्य नगरेको उल्लेख गर्दै स्वास्थ्यकर्मीलाई सरकारले शतप्रतिशत भत्ता र रु २५ लाखको बीमासमेत व्यवस्था गरेकाले डा. पुनका सन्दर्भमा सत्यतथ्य नबुझीकन अनर्गल प्रचारप्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउन आग्रह गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सहसचिव रघुराम विष्टले जानकारी दिएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]