८बैशाख २०७७– खोटाङ । उदयपुरमा नोबेल कोरोना भाइरस (कोभिड–१९)का १२ जना संक्रमित फेला परेपछि एक हप्ताको लागि खोटाङको सबै नाका बन्द गरिएको जानकारी प्राप्त भएको छ ।
कोरोना भाइरस भित्रिने र संक्रमणको उच्च जोखिममा रहेकाले सोमबारदेखि हप्ता दिनका लागि जिल्लाको नाका बन्द गर्ने निर्णय गरिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले जानकारी दिएकाछन् ।
जिल्लाका नगरप्रमुख, गाउँपालिका अध्यक्ष, राजनैतिक दल, प्रशासन, सुरक्षा निकाय, संघसंस्थाका प्रमुख सम्मिलित बैठकले लुकीछिपी घर आए वा नाकामा फेला परेका व्यक्तीलाई सिधै क्वारेन्टाइनमा लगेर १४ दिन सम्म राख्ने निर्णय गरेको छ ।
विशेषगरी हप्ता दिनका लागि खोटाङ र उदयपुरको नाका भने पूर्ण ‘लक’ हुने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । यस अवधिमा खाद्यान्न तथा तरकारी ढुवानीका सवारी साधनलाई समेत उदयपुर जान रोक लगाइएको जनाइएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]