• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

खोटाङमा खुकुलो नाका,के भन्छन् जनप्रतिनिधी र प्रशासक ?

१२ बैशाख २०७७, शुक्रबार १९:१० मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १४ मिनेट
देश पोस्ट
  • ५६७ पटक पढिएको
  • १२ बैशाख २०७७–खोटाङ । नोबेल कोरोना भाइरस (कोभिड–१९)का कारण यतीबेला विश्व आक्रान्त भइरहेको छ । बिश्वमा हालसम्म मृत्यु हुनेको संख्या १,९१,१५० जना रहेको छ । भने संक्रमितको संख्या २७,३२,७०२ जना रहेको,निको हुनेको संख्या ७,५०,८८४ जना रहेको छ । यता नेपालमा भने हाल सम्म संक्रमितको संख्या ४८ जना र निको भएर घर फर्कनेको संख्या १० जना रहेको छ ।
    नेपालमा पछिल्लो समय ठुलो संख्यामा उदयपुरमा पटक पटक गरी जम्मा २९ जना संक्रमित फेला परेपछि छिमेकी जिल्ला खोटाङ संक्रमणको जोखिम हुनसक्ने भन्दै सबै पालिका र प्रहरी प्रशासन सहित जिल्ला समन्वय समितीमा बैठक बसी बैसाख ८ गतेदेखि खोटाङको सबै नाकामा शिल गर्ने भनेर कडाई गर्ने सबै सञ्चार माध्यमहरुको मुख्य समचार बनेको थियो ।
    उदयपुरमा ठूलो संख्यामा कोरोना भाइरसबाट संक्रमित नागरिक फेला परेपछि नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले खोटाङ प्रवेश गर्ने र बाहिरिने नाका हप्तादिनका लागि बन्द गर्ने निर्णय गरेको जनाइएको थियो ।
    तर, हाल जिल्ला प्रवेश गर्ने नाकाबाट सर्वसाधारण भित्रिन छाडेका छैनन् । जयरामघाट नाकाबाट रातको २÷३ बजेसम्म सर्वसाधारण भित्रिने गरेको हलेसी तुवाचुङ नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।
    तर राज्यको पछिल्लो पटकको लकडाउनको अवधी बैशाख १५ सम्म रहेको छ । यसै बिचमा स्थानिय तहहरुको काठमाण्डौ लगाएतका जिल्लाहरुबाट आफ्नो नागरिक भित्र्याउने होडबाजी नै चलिरहेको सन्दर्भमा खोटाङ स्थीत प्रशासन र जनप्रतिनिधीहरु संग गरिएको कुराकानीलाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।
    इवन राई (मेयर) हलेसी तुवाचुङ नगरपालिका ।             
    राज्यले बिना पुर्ब तयारी लक डाउन गरेको हुनाले साथै राज्यका हरीबोल गजुरेल जस्ता नेताहरुले नै लकडाउनको उल्लङ्घन गरी आफ्नो जिल्लाको नागरिकलाई गाडीमा ओसारपसार गरेपछी हाम्रा नागरिक भोकै मरेको देख्न सकिएन त्यसैले हाल सम्म झण्डै १ हजार तिनसय जती जनता काठमाण्डौ बाट ल्यायौ । अब सबैलाई घरमै क्वारेन्टाइनमा बस्ने शर्तनामा गरेका छौ पहिल्लो समय हामी ल्याएका सबैको ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्छौ ।
    दिपनारायण रिजाल (मेयर) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका     
    राज्यको नितीलाई फलो गर्नु अनिबार्य शर्त हो । कोरोना लाई मुख्य बिषय बनाएर सस्तो लोकपृयताको लागि राजनिती भइरहेको छ । लकडाउनको आफैले उल्लङ्घन गरेपछी सबै जोखिममा पर्छौ । लकडाउनको समयमा आपतकालिन केश बाहेकका नागरिकहरुलाई ल्याउनु निती बिपरित हो । समस्यामा परेका अस्पतालमा रहेका,डिस्चार्ज भएका र सुत्केरीहरुको हकमा खोजी खोजी ढोकामै राहत पु¥याएका छौ । कोही छुटेको भए सम्पर्क गर्न समेत अनुरोध छ । अझ उदयपुरको संक्रमणले नाकाहरु शिल गर्ने भनेर आफै बसेर निर्णय गरेको हो । तत्काल ल्याएर  ¥यापिड टेष्ट गर्ने साधन पनि नभएकोले १५ गत्ते सम्म पर्खने र नया रणनिती बनाउने । तर केही पालिकाहरुले लकडाउनकै बिचमा नागरिक ल्याएकोले दबाब बढीरहेको छ ।
    शालिग्राम शर्मा (प्रजिअ) खोटाङ                                     
    नितात्न लकडाउनको समयमा स्थानिय तहहरुले नागरिक ल्याउनु निती बिपरित हो । राज्यको सबै श्रोत र साधन स्थानिय तह संगै छ । उदयपुर संगको जयरामघाट बाहेकको नाका कडै छन् । ५ जिल्ला काटेर आउनेलाई रोक्न सकिन्न । दयामाया लागेर प्रहरीले पनि छाडेहोलान् । हामीसंग मानबिय श्रोतपनि कम छन् । समन्वयको बैठक चाँडै राखेर कुरा गर्छौ ।
    बबि चाम्लिङ (प्रमुख) जिल्ला समन्वय समिती खोटाङ     
    जयरामघाट बाहेकका उदयपुर संगको सबै नाका कडै छन् । हामीले समन्वय गराउने हो समन्वय गरेर सबैले समर्थन गरेरै गएका हुन् । मलाई दिप्रुङ चुइचुम्मा गाउपालिकाको अध्यक्ष भुपेन्द्र राईले पनि भनिरहनु भएको थियो कार्यन्वयन भएन भनेर । स्थानिय तहले कार्यान्वयन नगरेकै हो जसले जोखिम बढ्ने खतरा छ । हामी चाँडै बैठक बसेर अर्को कदम चाल्छौ ।
    उषकला राई (सांसद) प्रदेश सभा प्रदेश नं.१                   
    अत्याबस्यक भन्दा बाहेक राज्य लकडाउनको बेला जनतालाई यथास्थानमै सेवा दिनुपर्ने हो । बाँकी १५ गते भन्दा पछी विश्व श्वास्थ्य संगठनको मापदण्ड बमोजिम जनताको हिस्ट्री बुझेर क्वारेन्टाईनमा अनिबार्य बस्ने र उनिहरुको नियमन गर्ने मापदण्ड बनाएर साथै ¥यापिड टेष्ट गर्ने गरी लानुपर्ने हो ।
    बिशाल भट्टराई (सांसद) संघियसभा                             
    बाध्यात्मक रुपमा गरिएको लक डाउनले तल्लो तहको जनताको दैनिकी मा गम्भिर असर परेकोले लकडाउनलाइ पनि निरन्तरता दिने र जनताको दैनिकी सहज हुने बातावरण सरकार ले निर्माण गर्नु आवश्यक छ ।
    त्यसका लागि राहत उपलब्ध गराउने र छोटो समय दिएर अप्ठ्यारो मा परेका जनता लाइ आफ्नो घरमा पुर्याउनु र सुरक्षा को मापदण्ड अपनाएर क्वारेन्टाइनमा राखिनुपर्छ ।
    हाम्रो खोटाङको सिमा जोडिएका जिल्लामा कोभिड १९ को असर बढेर गएको कारण पर्याप्त होसियारी अपनाउनु आबश्यक छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    5 finest matchmaking programs for Pros (2023) – 100per cent Free Sites

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑