१४ बैशाख २०७७–खोटाङ । जिल्लाको हलेसी तुवाचुङ्ग नगरपालिकाले लक डाउनका कारण काठमाण्डौमा अलपत्र परेका व्यक्तिलाई घर ल्याएको एक दिन पछीनै होम क्वारेन्टाइनमा बस्ने शर्त उल्लंघन गरेको भन्दै दुई युबतीलाई पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।
गाँउ ल्याइएका सबै नागरिकलाई १४ दिन घरमै बस्ने गरि कागज गरिएको भएपनि नगरपालिकाको वडा नम्बर–८ धितुङ बस्ने १७ र २१ वर्षीय युवती गाउँघरमा हिडडुल गरिरहेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको ईलाका प्रहरी चौकी हलेसीका प्रहरी निरिक्षक दिनेश प्रसाद खरेलले जानकारी दिएकाछन् । उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरी चौकी हलेसीमा राखिएको उनको भनाई रहेको छ ।
नगरपालिकाले काठमाडौंमा समस्यामा परेका नगर क्षेत्रभित्रका १२ सय ६७ जनालाई १ दिन अगाडी गाँउ ल्याएको थियो । ल्याएका सबैलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने, सामाजिक दुरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका १० बुँदे कबुलियतनामा गराएर घर ल्याइएको नगरपालिकाले जनाएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]