१७ बैशाख २०७७–खोटाङ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कोरोना भाइरस (कोभिड(१९) को संक्रमण,रोकथाम नियन्त्रण तथा उपचार कोषमा मंगलवार बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाको सञ्चित कोषबाट ५० लाख जम्मा गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।
गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि राज्यले गरेको लकडाउनबाट काठमाण्डौमा प्रभावित नागरिकहरुलाई गाउँपालिकाको पहलमा आफ्नो गाउँ ल्याउने कार्य नगर्ने निर्णय गरेको थियो ।
आफ्ना नागरिक बसैकै स्थानमा राहत वितरण गर्ने,तर तत्काल गाँउ नर्फकाउने, संक्रमण फैलिएका क्षेत्र तथा जिल्लाबाट प्रवेश गर्ने नाकाहरुलाई अझ कडाई तथा प्रभावकारी रुपमा नियन्त्रण गर्ने निर्णय गरेको पालिका अध्यक्ष भुपेन्द्र राईले जानकारी गराएकाछन् ।
नागरिकहरुको समस्यालाई मध्यनजर गरी प्रति परिवार २ बोरा खाद्यान्न ढुवानी भाडामा गाउँपालिकाले अनुदान समेत दिने निर्णय भएको पालिकाका आइ.टी अधिकृत मणिचन्द्र राईले जानकारी दिएकाछन् ।
अत्यावश्यक काम बाहेकका कसैलाई पनि पालिका प्रवेश गर्न नदिईने साथै संक्रमित क्षेत्रबाट आउने नागरिकहरूलाई अझ बढि निगरानीमा राखी क्वारेन्टाइनमा अनिवार्य राख्ने गाउँपालिकाका प्रमुख भुपेन्द्र राइले बताएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]