१८ चैत्र २०७७–खोटाङ्ग । जिल्लाको सदरमुकाममा रहेको ब्यापारिक केन्द्र एबं जिल्लाकै सबैभन्दा ठुलो नगरपालिकाको केन्द्रमा रहेको दिक्तेल बजारको मुहार परिबर्तन हुने सम्झौता भएको जानकारी प्राप्त भएको छ ।
स्थानिय तहको चुनाब लगत्तै देखी बजारको बाटो ढलानको लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पहिलो मेयर दिपनारायण रिजाल लकडाउनको बाबजुद पनि अहोरात्र बजारको मुहार परिबर्तन गर्न लागि परेको र लामो समयको मेहेनत पछी संघिय सांसद बिशाल भट्टराईको सहयोगमा शहरी विकास मन्त्रालयबाट २०७७ असार मसान्त सम्म काम सकिने गरी सम्झौता भएको मेयर रिजालले बताएकाछन् ।
मेयर रिजालका अनुसार १.५ किलोमिटर ढलानको सम्झौताको लागि निकै लामो संघर्ष र मेहेनतको उपलब्धी भएकोले बजारबासी र जनप्रतिनीधीहरुको सबैभन्दा ठुलो सफलता भएको कारण सबैले उच्च प्राथमिकता राखेर कामको गुणस्तरियतामा खबरदारी गरिदिनकालागि समेत अनुरोध गरेकाछन् ।
हिउदमा धुलोको कारण सजिलै हिड्डुल गर्न नसकिने भने बर्षामा हिलोको कारण हिड्न नै नसकिने अबस्था आएको बजारबासीहरुले जनप्रतिनिधीहरु र प्रशासकहरुलाई गुनासो सुनाउदै आएपनि हालसम्म कुनै सुनुवाई नभएको प्रती नगरबासीहरु आक्रान्त बन्दै आएको खोटाङ्ग उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष खुसनाराण शैजुले बिभिन्न मिडियामा बताउदै आएका थिय ।
मध्यपहाडी लोकमार्गले छोएको तर सदरमुकामको दिक्तेल बजारमा भने हिलो र धुलोको काराण सेवाग्रही तथा बजारबासी सामान ओसार पसार गर्न र हिड्डुल गर्ननै समस्या भएपछी सर्बसाधरण समेत आक्रान्त बनेको स्थानियको भनाई रहेको छ ।
ज्योती,आइ.डी,रुजन जेभी दिक्तेल २ ले पारेको उक्त ढलानको कार्य को लागत भने ३ करोड उन्चालिस लाख दश हजार दुई सय चौउतिस रुपैया छत्तिस पैसा रहेको छ भने रत्नपार्क देखी हाटडाँडा सम्म बजारको बाटो ढलान गर्ने लक्ष्य रहेको जानकारी प्राप्त भएको छ ।
पुरानो बजार भएको कारण घरहरु पुरानो र ढुङ्गामाटोले बनेकाछन् । पिच गर्दा कम खर्चमा सकिने भए पनि भाइबे्रसनका कारण घरहरु ढल्ने भएको कारणले बाटो ढलान गर्नु परेको हो । ढलान पछी बजारको मुहार परिबर्तनको एउटा सपना पुराहुने मेयर रिजालको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]