२० बैसाख २०७७–महोत्तरी । जिल्लाको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगको कारण १० दिन भित्र मृत्युहुनेको संख्या ११ जना पुगेको जानकारी प्राप्त भएको छ ।
आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकहरुको संख्या ११ जना पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताएकाछन् ।
बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले भने मृत्युको कारण शवपरीक्षण जाँचले निक्र्योल गर्ने जानकारी दिएकाछन् । १० दिनभित्र धमाधम ११ जनाको ज्यान जानु र मृत्युको ठोस कारण पनि पत्ता नलाग्नुले स्थानीयहरु त्रास सहित बाँच्नु परेको स्थानियको भनाई रहेको छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आज डा. अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा. सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको श्वास्थ्य टोली यी बस्तीमा पुगेको छ । टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको डा. पोखरेलले बताएकाछन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ सङ्क्रमण हो–होइन यकिन गर्न स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ । ‘मृतकको आरडिटी जाँच परिणाम नेगेटिभ आएको छ’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘अब पिसिआर जाँचको र परीक्षण रिपोर्ट आएपछि यकिन हुनेछ ।’
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]