२१ बैशाख २०७७–खोटाङ । नोबेल कोरोना भाइरस (कोभिड–१९) ले विश्वब्यापी महामारीको जोखिम बढीरहेको बेला जिल्लाको सबै पालिकामा गत चैत्र यता बिदेशबाट फर्किएका १३८ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) र पिसिआर टेष्ट दुबैको रिपोर्ट ‘नेगेटिभ’ आएको जाकारी प्राप्त भएको छ ।
रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएका, क्वारेन्टीन वा होम क्वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएनभएको थाहा पाउनका लागि जिल्लामा सम्वन्धित पालिकामै पुगेर ¥यापिड डाइग्नोस्टिक टेष्ट गरिएको र पिसिआरको नमुना लिइएको थियो ।
खोटाङ्ग जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्याम राईका अनुसार जन्तेढुंगा गाउँपालिकाका २७ जना, खोटेहाङ गाउँपालिकाका २६ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २५ जना, हलेसी तुवाचुङ नगरपालिकाका २३ जना, साकेला गाउँपालिकाका १५ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ८ जना, केपीलासगढी गाउँपालिकाका ५ जना, ऐसेलुखर्क गाउँपालिकाका ५ जना, रावाबेँसी गाउँपालिकाका ३ जना र बराहपोखरी गाउँपालिकाका १ जनाको ¥यापिड डाइग्नोस्टिक टेष्ट ‘नेगेटिभ’ आएको हो ।
पिसिआर टेष्टको लागि खोटेहाङ गाउँपालिकाबाट ५ जना, हलेसी तुवाचुङ नगरपालिकाबाट ७ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ४ जना र जन्तेढुंगा गाउँपालिकाबाट १ जनाको गरी १७ जनाको पिसिआर टेष्टका लागि नमूना पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले जानकारी गराएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]