२३ बैशाख २०७७–खोटाङ । केही दिन देखी परेको लगातार बर्षाका कारण जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउपालिकाको सिमानामा पर्ने साप्सुखोलामा आएको बाढीले बगाउँदा एक वालिकाको ज्यान गएको खबर प्राप्त भएको को छ ।
मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ९ निर्मलीडाडा घर भएकी १४ बर्षिया अम्बिका रोक्का रहेको प्रहरीले जानकारी दिएको हो ।
साप्सुखोलाको नजिकमा पर्ने निर्मलीडाँडा पारीपट्टी साकेला गाउँपालिका वडा नम्बर(१ स्थित सेखुवाको जंगलमा बाख्रा चराउन गएकी रोक्काको बाख्रा लिएर घर फर्कनेक्रममा बाढीले बगाएर सोमबार ज्यान गएको र मृतकको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोद कुमार खेरवारको भनाइ रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]