२५ वैशाख २०७७–खोटाङ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको ‘लकडाउन’को समयमा पनि सामाजिक दूरी कायम गर्दै खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम शुरु गरिएको जानकारी प्राप्त भएको छ ।
दिक्तेलबजारको सडक ढलानमा करीब रु १५ करोड रकम खर्च हुने (बिस्तृत परियोजना प्रतिवेदन)मा उल्लेख छ । क्रमागत योजना अन्तर्गत यस वर्ष रु पाँच करोड बजेटको मात्र टेन्डर आह्वान गरेर ठेकेदार कम्पनीमार्फत ढलानको काम शुरु गरिएको र उक्त कार्यक्रम ल्याउनमा संघिय सांसद बिशाल भट्टराईको अतुलनिय योगदान रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालको भनाई रहेको छ ।
दिक्तेल बजारको सडक ढलान गर्ने जिम्मा दिव्यज्योती–आइडी–रुजन जेभीले पाएको छ । किराँत चोकबाट हाटडाँडा सम्म ढलान हुने सडक फराकिलो पार्ने, दाँया÷बाँया पर्खाल हाल्ने, घरको बार्दली तथा विजुलीको पोल हटाउने, निर्माण सामग्री ढुवानी गर्ने लगायतका काम तीव्रगतिमा भइरहेको ठेक्केदार कम्पनीले जनाएको छ ।
दाँया÷बाँया छोडेर सडकको मध्ये भागमा करीब सात मीटर ढलान गरिने निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि एवम् निर्माण व्यवसायी सुनिल राईको भनाई रहेको छ । सडकमा फलामे रड, गिटी, बालुवा र सिमेन्ट प्रयोग गरेर साँढे १७ सेन्टीमिटर कंक्रिट ढलान गरिनेछ । यस वर्ष ढलान गरिने करीब ७०० मिटर सडकको लागि आवश्यक सामग्री ल्याइसकिएकोले तोकिएकै मितिमा सम्पन्न गरेर सम्बन्धित निकायबाट फर्च्युट गराउने योजनाका साथ काम युद्वस्तरमा भइरहेको राईको भनाई रहेको छ ।
सडक ढलानको क्रममा दिक्तेल बजारमा देखिने सबै किसिमको समस्यालाई नगरपालिकाको तर्फबाट समाधान गरिने हुँदा सडक ढलानको कामलाई सफल पार्न बजारबासीहरुको सक्रियताको लागि सबै लाई आग्रह गरिएको मेयर रिजालको भनाई रहेको छ ।
दिक्तेल बजारको मुख्य सडकसँगै आसपासको शाखा सडक समेत यसै वर्ष ढलानको काम शुरु गरिएको नगर प्रमुख रिजालको भनाई रहेको छ । नगरपालिका र प्रदेश सरकारको साझेदारी कार्यक्रम अन्तरगत रु २ करोड लगानीमा त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालयसम्म काम भईरहेको छ ।
त्यसैगरी पूरानो बैङ्कचोकदेखि झिसेपू मन्दिर जाने सडक शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको रु ६० लाख लगानीमा काम भइरहेको र संघीय कार्यान्वयन इकाई कार्यालय विराटनगरको रु दुई करोड लगानीमा दिक्तेल–दुम्ली सडक ढलान कार्य समेत तिब्रगतीमा भइरहेको नगरपालिकाले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]