मालती कैनी
काठमाडौ, नेपाल
वातावरणको मतलब हाम्रो वरिपरिको स्थिति परिस्थितिहो । वातावरणले मानव जगतमा ठुलो सम्बन्ध राख्दछ ।
सन् २०१९ डिसेम्बर, अगावै र पछी वातावरण्मा केहि फरकपन अवलोकन गर्न सकिन्छ । २०१९कोे ३१ डिसेम्बरमा जब कोरोना भाइरस संसारभर माहामारीको रुपमा फैलिन थाल्यो, प्रत्येक क्षेत्रमा फरकपन देखिनथाल्यो । विशेषतः मानव स्वास्थ्यमा यसले असर पारि रहेकोले मानजजातिहरु बढि सशंकित भएका छन् । ग्रामीण तथा शहरी क्षेत्रहरुमा बन्दाबन्दीको का कारण देशव्यापी लकडाउनको स्थितिको छ ।
कोरोना भाइरस बाट बच्ने विश्वब्यापी मान्यता भनेको लकडाउन हो जसको मत्लब जहा छ त्यही र घरभित्र मात्रै बसिरहनुपर्छ भन्ने हो । नियम पालनाका कारण आर्थिक स्थिति भने विश्वब्यापी रुपमा आर्थीक मन्दभयो र जो स्वभाबिक पनि हो ।
खेतिकिसानी, औधिोगिक क्षेत्रका कार्यहरु, शैक्षिक संस्थाहरु, सेवा प्रदानगर्र्नुपर्ने कार्यालयहरु, अन्य क्षेत्रहरु बन्दभए । प्रत्येक क्षेत्रहरुमा उत्पादनहरु राम्रोसंग हुन केहि समय बन्द भइदियो । खेतियोग्य जमिनबाट किसानद्धारा उत्पादित कृषि उत्पादनमा केहि प्रभावपर्यो, कृषि बजारमा पनि केही समयलाई बन्दभयो । संगसंगै योे कृषिबाहेक अरु क्षेत्रहरुमा पनि नकारात्मक असर परिनै रहेको छ , यसो हुनुमा हालसम्मको को बन्दाबन्दीले नै हो ।
यतिहुदाहुदै पनि अर्को भागमा केही राम्रो स्वरुप भनौ परिवर्तन आएको पनि महसुस गर्न सकिन्छ । यसमा के भनौ भने, प्राकृतिक सम्पदाहरु, भइरहेका पुर्वाधारहरु, मानव बस्तिहरुको बाहिरीपनमा एकदम फरक पहिचान अवलोकन गराईएको छ । खुल्ला सफा आकाश, सुन्दर हरियालीपन, सफा सडक, सफा पुर्वाधारहरु, सफा सुन्दर बस्ति, कृषियोग्य जमिनहरु, बनजंगलहरु, जलश्र्रोत धुवाधुलो मुक्त र सफा भएका छन् ।
यहि बन्दाबन्दीको कारणले नेपालको वायु प्रदुषण घट्दै गईरहेको छ । जुन ४४.५ थियो सन् २०१९ नोभेम्बरमा (पि.एम. २.५ मियुग्राम पर मिटर क्युब मापनमा) । उल्लेख पनि गर्नपर्ने हुन्छकी यहि नै चलिरहैको बन्दाबन्दीको कारणले संसारको प्रदुषित क्षेत्रभित्र परेको भारतको नयादिल्लीको ६० %, चाइनाको उवानको ४४ % वायु प्रदुषण घटेको छ । जसको तथ्याङ्क युनाइटेड नेसन इन्भाइरोन्मेन्ट प्रोग्राम ले उल्लेख गरेको छ ।
जसको कारण सम्पुर्ण नेपालीहरु पनि वातावरण मैत्रीको प्रयोग गर्दा नेपालीहरुको श्वास्थ्यमा औषत आयुमा बृद्वी हुने भएकोले लकडाउन पछी आर्थिक उपार्जनको लागि मिलेर खुशीसाथ अगाडि बढ्न सकिने देखिन्छ ।
बन्दाबन्दी समापन पश्चात् पनि नेपाली युवा समुह सहित सवल जनशक्तिहरुको प्रवेश सम्पुर्ण विकासको कार्यका लागि अगाडि बढ्नेहो भने नेपालको कुलग्राहस्थ उत्पादनको योगदानमा कृषि र पर्यटनको क्षेत्रको सहयोग झन् राम्रो हुन जान्छ । औद्यिोगिक क्षेत्रको योगदान राम्रो रहन्छ ।
यस्तै र अन्य आवश्यकीय अर्थतन्त्रको वृद्धिकार्य वातावरण संरक्षण र आवश्यकीय प्रयोग सहित अगाडि बढ्दा नेपालको सुन्दर विकास अवश्यम्भावी हुन्छ ।
लेखक ः त्रिभुवन विश्वविद्यालय बाट ग्रामिण विकासमा विद्यावारीधीको सोध गर्दै हुनुहुन्छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]