२७ बैशाख २०७७–खोटाङ । कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित जिल्लाको ऐंसेलुखर्क गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेका दिर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण गरेको खबर प्राप्त भएको छ ।
पालिका भित्रका दम, युरिक एसिड, प्रेसर, थाइराइड, मुटु रोगी, ग्याष्ट्रिक, अल्सर, शुस्तमनस्थिती लगायत औषधि नखाइ नहुने दिर्घरोगीहरुका लागि औषधि व्यवस्थापन गरेर स्वास्थ्य चौकीहरुबाट निःशुल्क औषधि वितरण गरिरहेको ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी गराएका छन् ।
प्रथामिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कबाट ३४ जना, स्वास्थ्य कार्यालय माक्पाबाट १४ जना, स्वास्थ्य केन्द्र बाकाचोलबाट ५ जना, स्वास्थ्य केन्द्र महेश्वरीबाट १४ जना र स्वास्थ्य केन्द्र ज्यामिरेबाट ९ जना गरि जम्मा ७६ जनालाई औषधि वितरण गरिएको खबर प्राप्त भएको हो ।
पालिका भित्रका दीर्घरोगीहरुका लागि लकडाउन खुकुलो नभए सम्म निरन्तर औषधि वितरण गरिने जनाइएको छ । लकडाउनबाट दिर्घरोगीहरु प्रत्येक्ष प्रभावित हुने भएकाले यस अघिनै गाउँपालिकाले घर घरमा लगेर औषधि वितरण गर्ने घोषणा गरेअनुसार औषधि वितरण थालिएको गाउँपालिका अध्यक्ष निरौलाले बताएका छन् ।
कठिन परिस्थितिको बेला पनि पालिकाले घरघरमै आएर औषधि वितरण गरेकोले अभिभावकत्व र सद्भाब पाएको स्थानीयहरुको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]