२७ बैशाख २०७७–खोटाङ । खोटाङमा सालोको चिर्पट प्रहारबाट भिनाजुको घटनास्थलमै मृत्यु भएको छ ।
केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखाने स्थायी घर भएका २७ वर्षीय मिलन राईको चिर्पट प्रहारबाट ४७ वर्षीय भिनाजु पृतीलाल राईको बिहीबार मृत्यु भएको खबर प्राप्त भएको हो ।
दुई श्रीमती मध्ये कान्छी श्रीमती तर्फको सालोले चिर्पट प्रहार गरी घटना घटाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए । घटनामा संलग्न मिलन र उनका २० वर्षीय भाई जीवन राईलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको जनाएको छ ।
आफ्नै सासु र कान्छी श्रीमतीको हत्या गरी साढे ८ वर्ष कैंद भुक्तान गरी कैदबाट छुटेको ४ वर्ष नवित्दै तिनै कान्छी श्रीमतीका भाईले पृतीलालको कर्तव्यगरी हत्या गरेको प्रहरीले जनाएको छ । जेलबाट छुटेपछि सुनसरीमा बस्दैआएका पृतीलाल आफन्तको बिहेका लागि लकडाउन अगाडिको समयमा गाउँ आएका थिए ।
आफन्तको विहेमा आएको र लकडाउनको कारण गाउँमै रहेको अवस्थामा कान्छी श्रीमतीतर्फका सालोको आक्रमणबाट उनको मृत्यु भएको केपीलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताएका छन् ।
हत्या हुनुको कारण नखुलेको भए पनि एक दशक अघि आफ्नो आमा र दिदीको हत्या भएको बदलामा आक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।
दाजुको घर र सालोको घर एउटै टोलमा रहेका पृतीलाल दाजुको घर गएर फर्कदै गरेको थाहा भए पछि मिलन राईले सरासर गएर आक्रमण गरेको स्थानीयहरुको भनाई रहेकोछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]