२७ बैशाख २०७७–खोटाङ । जिल्लाको बिकटमा अबस्थित बराहपोखरी गाउपालिकामा कोराना भाइरस (कोभिड–१९) को लकडाउनमा परी औषधीको सेवन गर्न नपाएका पालिकाभित्रका नागरिकहरुका लागि ७० हजार बराबरको निशुल्क औषधी बितरण गरेको जानकारी प्राप्त भएको छ ।
जिल्लाको १० स्थानिय तहहरुले आफ्ना नागरिकहरुको अभिभाबकत्व प्रदान गरिरहेको बेला बराहपोखरी गाउँपालिकाले पालिका भरीका दिर्घरोगीहरुलाई निःशुल्क औषधि वितरणको कार्य निरन्तर सञ्चालन भइरहेको र कोही छुटेको भए पालिकाको श्वास्थ्य शाखामा तथ्याङ्क दिनको लागि अनुरोध समेत रहेको पालिकाकी उपाध्यक्ष गोमा मगरको भनाई रहेको छ ।
नागरिकहरुको घर घरमा सेवा दिने र नागरिकहरुलाई कोरोना भाइरस जोखिम न्युनिकरणको सचेतना अभिबृद्वी गराउने कार्य संगै पालिकाले हाल सम्म वडा नं. १ बराहपोखरीमा २५ जना, साउनेचौरमा ३० जना, फाक्टाङमा २ जना, सुन्तलेमा ३३ जनालाई औषधि वितरण सम्पन्न भइसकेको उपाध्यक्ष मगरले जानकारी दिएकीछन् ।
गाउँपालिका अध्यक्ष शालिग्राम बञ्जरा, उपाध्यक्ष गोमा मगर र श्वास्श्य शाखाका कर्मचारीहरुले वितरण गरेको खबर छ । यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पहिलो पटक दिर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण थाले संगै ऐसेलुखर्क गाँउपालिकाले बितरण गरिसकेको जानकारी प्राप्त भएको थियो ।
यस संगै १० वटा स्थानिय तह रहेको जिल्लाका सबै तहहरुले दिर्घरोगीहरुको लागि निशुल्क औषधी प्रदान गर्ने योजना रहेको जनप्रतिनिधिहरुको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]