२७ बैशाख २०७७–खोटाङ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण जोखिम न्युनिकरणको लागि राज्यको लकडाउनलाई उल्लंघन गरी जिल्लाको सदरमुकाममा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र सप्तरी जिल्लाबाट लुकिछिपि प्रबेश गरेका ६ जना ब्यक्तीलाई क्वारेन्टाइनमा राखिएको जानकारी प्राप्त भएको छ ।
उक्त ब्यक्तीहरु ढाटछल गरी शुक्रबार साँझ दिक्तेल भित्र प्रबेश गरेको थाहा पाएपछि शनिबार क्वारेन्टाइनमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालले जानकारी दिएकाछन् ।
सदरमुकाम दिक्तेलमा व्यापार व्यवसाय र निर्माणको काम गर्दै आएका ति व्यक्ति लक डाउनका कारण घर गएको तर बिचबाटोमा रोकछेक भएपछी पून फर्किर आएको थाहा पाएपछि तत्कालै क्वारेन्टाइनमा राखिएको र उनीहरुलाई १४ दिन सम्म दिक्तेलको माटिकोरे स्थित कवर्डहलमा रहेको क्वारेन्टाइनमा राखिने मेयर रिजालको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]