२८ बैशाख २०७७–खोटाङ । कोरोना भाइरस (कोभिड १९) को विश्वब्यापी महामारीको बेला राज्यले गरेको लकडाउनको उल्लंघन गरी मोरङको विराटनगरबाट निजी गाडीमा यात्रुलाई गाउपालिका ल्याएको भन्दै दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाडी सहति यात्रुलाई नियन्त्रणमा लिइएको जानकरी प्राप्त भएको छ ।
को १ च ९८०३ नम्बरको टाटा सुमो गाडीले विराटनगरबाट ८ जना यात्रु लिएर गाउँपालिका प्रवेश गरेको सूचनाको आधारमा गाउँपालिकाले प्रहरीको सहयोगमा प्रहरी चौकी याङ्सोलाटारले आइतबार नियन्त्रणमा लिएको जानकारी आएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले गाडीको पास दिएको र गाडीवालाले भाडामा मानिस ल्याएको बताइएको छ । रिजर्भमा आएका ति यात्रुहरु विरामीसमेत नभएकोले किन आए भन्नेमा शंका उत्पन्न भएपछि गाडी र गाडीमा सवार यात्रुलाई नियन्त्रण लिइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी गराएकाछन् ।
गाउँपालिकाले आफ्ना नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्न र लकडाउनलाई प्रभाबकारी बनाउन अन द स्पोर्ट सेवामा लागिरहेका बेला लकडाउनको बर्खिलाप गरेको भन्दै उक्त गाडी र यात्रुलाई नियन्त्रणमा लिएर चालकसहित आठै जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ ।
उनीहरुलाई दिन याम्खास्थित स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखिने छ, ‘यो समय सवै संयम र सचेत हुने समय हो, उनीहरुका कारणले गाउँमा समस्या नहोस भनेर क्वारेन्टाइनमा राखेका पालिका अध्यक्ष राईको भनाई रहेको छ ।
गाउँपालिकाले आफ्ना नागरिकलाई लक डाउनका कारण भोको बस्नु नपर्ने भन्दै काठमाडौं लगायतका ठाउँमा भएका व्यक्तिलाईसमेत राहत वितरण गरिरहेको छ भने । गाउपालिकाले दोस्रो चरणको राहत वितरण गर्न लागेको समेत जानकारी दिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]