२९ बैशाख २०७७–काठमाण्डौ । कपिलबस्तुको बिभिन्न गाउपाललिका तथा नगरपालिकामा १० र आजै सप्तरीमा १ जनामा गरी कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या १२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज कपिलबस्तुमा पत्ता लागेका १० जना संक्रमित भारतबाट लकडाउनको समयमा नेपाल छिरेको खुलासा भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललले बताएका छन् ।
पौडेलका अनुसार भारतको मुम्बई, दिल्ली लगायतका ठाउँबाट उनिहरु नेपाल आएका थिए । तर उनीहरु कहिले नेपाल भित्रिए भन्ने बारे सही जानकारी पत्ता लगाउन बाँकी रहेको पौडेलको भनाई रहेको छ ।
संक्रमण फेला परेका ब्यक्तिहरु कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित अनिरुद्र उच्च माध्यमिक विद्यालयमा रहेका क्यारेन्टाईनमा बसेका थिए । संक्रमितहरुलाई बुटवलस्थित कोरोना बिशेष अस्थायी अस्पतालमा ल्याउने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।
यसअघि कपिलवस्तुमै फेला परेका संक्रमितहरु पनि दुवै देशमा लकडाउन जारी रहेकै बेला भारतबाटै लुकिछिपी नेपाल भित्रिएका थिए । अघिल्ला संक्रमित र नयाँ संक्रमितहरुबीच सम्बन्ध र सम्पर्कबारे पनि पत्ता लाग्न बाँकी रहेको प्रजिअ पौडेलले बताएकाछन् । नयाँ संक्रमितसँगै कपिलबस्तुमा कोरोना संक्रमितहरुको संख्या १५ पुगेको खबर छ ।
पछिल्लो समय एकाएक संक्रमितको संख्यामा बृद्वी भएसंगै श्वास्थ्य मन्त्रालयले सबै नागरिकहरुलाई सचेत हुन,लकडाउनको पुर्णपालना गर्न,र सरसफाईमा बिषेस ध्यान दिनको लागि समेत अनुरोध गरेको जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]