२९बैशाख२०७७–खोटाङ । जिल्लाको दक्षिणीक्षेत्रमा अबश्थित खोटेहाङ गाउँपालिका वडा नं.–७ खोटाङबजारका ५५ वर्षीय पदमबहादुर भुजेल मृत फेला परेको खबर प्राप्त भएको छ ।
गत बैशाख २५ गतेदेखि सम्पर्क बिहिन बनेका भुजेल सोमबार बिहान चार दिनपछि खोटाङबजार भन्दा केही तलतिर जंगलको भीरमा फेला परेको पारिवारिक श्रोतले जनाएको छ ।
चार÷पाँच दिनसम्म घरमा नआएपछि आईतबारदेखि भुजेलको खोजीकार्य सुरु गरिएको थियो । खोजिगर्ने क्रममा बाटोभन्दा करिब डेढ सय मिटर तल निजको शव फेला परेको स्थानीय समाजसेवी राजन बञ्जराले बताएकाछन् ।
शव परिक्षणका लागि चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको र घटनाको अनुसन्धान शुरु गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले जानकारी दिएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]