३० वैशाख २०७७– खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ९ वर्षीय बालक पवन तामाङलाई आफ्नै बुबाले निर्घात कुटपिट गरेको जानकारी पछी वडा अध्यक्ष माधब राईले उद्दार गरी स्थानिय श्वास्थ्य चौकीमा प्राथमिक उपचार गराएको खबर प्राप्त भएको छ ।
आफ्नो ३५ वर्षीय बुबा शंकर तामाङको कुटाइबाट रगताम्मे भएका पवनको टाउको, पिठ्यूँ, ढाड तथा शरीरको विभिन्न अङ्गमा लौरोको निलडाम बसेको छ । घाइते पवनलाई नेर्पा स्थीत स्थानीय स्वास्थ्य संस्थामा उपचार नभएपछि जिल्ला अस्पताल दिक्तेल लगी थप उपचार थालिएको जानकारी आएको छ । उपचारमा लाग्ने सम्पूर्ण खर्च छुट गरिएको अस्पताल विकास समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको भनाई रहेको छ ।
बिपन्न परिवारमा जन्मिएका पवनको ३५ वर्षीया आमा मेनुका तामाङ भने दुई वर्षअघिनै दोस्रो विवाह गरेर गएपछि पवन संगै ३ दाजुभाई बुबासंग बसिरहेका थिए । नाबालक छोरालाई निर्घात कुटपिट गर्ने बुबालाई कानूनी कारबाही गर्न पक्राउ गरेर अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
पवनका बुबा शंकरलाई पक्राउ गरेपछि चार बालकलाई तत्कालका लागि वडा कार्यालयले खाने र बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष राईको भनाई रहेको छ ।
क्वारेन्टाइन निरीक्षण गर्न सोमबार नेर्पा पुगेका जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, प्रहरी नायब उपरीक्षक नारायण चिमोरिया लगायतको टोलीले कुटिइएका बालकको अवस्थाका विषयमा जानकारी लिएका छन् ।
आमाले दोश्रो विवाह गरेर जानुअघिसम्म विद्यालय जाँदै गरेका ती चार बालक अहिले अरुको घरमा काम सघाएर तथा खेलेर दिन बिताउने गरेका छिमेकीको भनाई रहेको छ । ज्यालादारीको काम गरेर परिवार धान्दै आएका शंकरले दैनिक मादक पदार्थ सेवन गरेर छोराहरुलाई कुटपिट गर्ने गरेको स्थानियहरुले बताएकाछन् ।
पढ्ने उमेरका ती चार बालकलाई बुबाआमा दुवैले बेवास्ता गरेपछि उनीहरुको भविश्य अन्यौलमा परेको वडाध्यक्ष राईको भनाई रहेको छ । अब निजहरुका बुबालाई पनि दुबर््यबहारको मुद्दा चलाउने हो भने बालबच्चाहरुको भबिष्य झनै अलपत्र पर्ने र अभिभाबकत्वको जिम्मा कसले लिने बिचरणिय रहेको स्थानियहरु बताउछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]