१ जेठ २०७७–खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको विपद व्यवस्थापन कोषमा माछापुच्छ्रे बैंक लिमिटेड हलेसी शाखाले ५० हजार रुपैया सहयोग रकम जम्मा गरेको जानकारी प्राप्त भएको छ ।
बिहीबार माछापुच्छ्रे बैंक हलेसी शाखाका म्यानेजर खगेन्द्र बहादुर श्रेष्ठले नगरपालिका पुगेर उक्त रकम बराबरको चेक नगरप्रमुख इवन राईलाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।
अहिले सम्म विपद कोषमा ४१ लाख रुपैया जम्मा भइसकेको छ भने ३५ लाख खर्च भएको नगरप्रमुख इवन राईको भनाई रहेको छ । यसअघिनै विपद ब्यबस्थापन कोषमा नगरपालिकाका कर्मचारीहरुले मात्रै ७ लाख रुपैया जम्मा गरेको नगरपालिकाले जनाएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]