मालती कैनी
काठमाडौं, नेपाल ।
नेपालको ७ वटै प्रदेशहरु भित्रका ४६० ग्रामिण क्षेत्रहरुमा पुर्वाधारहरुको निर्माण, निर्मितहरुको व्यवस्थापनमा ग्रामिण क्षेत्रकै सबै व्यक्तिहरुको चेतनशील भुमिका अगाडी बढीरहेको छ । चेतनशील भन्नाले गाँउका ती वर्गअरु, एक मासले गाँउको पौराणिक देखि अहिलेको आधुनिक स्थितिसम्म थाहा भएको र अर्को मासले महाविद्यालय सम्मको शिक्षा प्राप्त गरेको भन्ने बुझिन्छ ।
स्थानीय विकासको लागी हरेक आर्थिक वर्ष बजेट तयार गरिन्छ । आ.ब. २०७७÷०७८ को लागि पनि बजेट तयार हुदै छ । स्थानीय सरकारले पनि आफ्नो बजेट आफै तयार गर्दैछ । साथै प्रादेशिक र संघीय सरकारबाट पनि स–सर्त अनुदान लिने गर्दछ । स्थानीय निकायहरुले विकास निर्माणको कार्य गर्दा सडक निर्माण, पुलनिर्माण, बिजुलीको पोलहरु राखेर तार जडान गर्ने कार्यमा प्राथमिकता दिएको पाइन्छ ।
स्थानीय विकासको काम स्थानीय जनप्रतिनिधि बाटनै हुनु ज्यादै राम्रो काम हो । स्थानीय जनप्रतिनिधिले स्थानीय जनताको आवश्यकता राम्ररी बुझेका हुन्छन् र सोहीअनुसार कार्यक्रम तर्जुमा गरि कार्यान्वयन पनि गरिन्छ । यो पक्ष राम्रो हो , तर स्थानीय जनप्रतिनिधिहरुमा प्राविधिक ज्ञानको कमी देखिएको छ ।
यसको प्रभाव प्रस्ट रुपमा सडक निर्माणमा देखिन्छ । सम्भाव्यता अध्ययन विनानै जतापायो उतै ड्रोजर लगाएर सडक निर्माण गर्ने काम जताततै भएको देखिन्छ । सडक त बने, ठिकै छ , यसले स्थानीय जनतालाई केही हदसम्म भएपनि सविधा पुर्याउने छ । तर यसरी जथाभावी बनेका सडकहरुबाट विभिन्न तरिकाले वातावरणको विनास भइरहेको छ ।
आजकल जताजतै पहिरो गएको देखिन्छ । यसरी पहिरो जानुको मुख्य कारण यिनै सडकहरु हुन् । कतिपय ठाउँमा त यस्ता सडकले गर्दा खेतीयोग्य जमीन पनी पहिरोमा परेका छन् । हजारौ बोटबिरुवा नष्ट भएका छन् र उल्लेख्य संख्यामा जंगली जनावरहरुको पनि विनाश भएको छ । तसर्थ कुनै पनि स्थानीय भागलाई मात्र आधार नबनाई प्राविधिक पक्ष पनि हेर्नुपर्ने हुन्छ । अन्यथा विकासको सट्टा विनाश हुने छ ।
नेपालका स्थानीय जनप्रतिनिधिहरुले विकासको नाममा अनावश्यक रुपमा विना सोच विचार बजेट खर्च गरेको पनि देखिन्छ । नेपाल जस्तो गरिब मुलुकले भएको सिमित बजेट यसरी जथाभावी खर्च गरेर देशको विकास कहिले हुने र जनता समृद्ध कहिले हुने ?
तसर्थ स्थानीय विकास द्रुतगतिले गर्न र दिगो बनाउन निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ः
(१) जनताको आवश्यकतालाई प्राथमिकिकरण गर्ने ।
(२) साधन स्रोतको दुरुपयोग हुन नदिने ।
(३) वातावरण संरक्षण गर्ने ।
(४) स्थानीय जनतालाई आत्मनिर्भर बनाउन सहयोग गर्ने ।
कर्मयोगी ग्रामीण समुदायको अग्रीम अग्रसरतामा स्थानिय क्षेत्रको विकास यस्तै सकारत्मक प्रकृया अपनाई अगाडी बढ्दछ, जुन एकदम राम्रो हो । यस्ता प्रत्येक व्यक्ति, समुह आफैले हाम्रो यो स्थानिय ठाउँको विकास हामी आफै गरौ भनि बलियो सोच सहित अगाडि लम्किनुहुन्छ ।
यहि नै तरिकाबाट नेपालको ग्रामीण क्षेत्रको संस्कृति, कृषिविधि, सत्कार विधि, प्राकृतिक श्रोतहरुलाई दाया माया गरि संरक्षण गर्ने निति सधैलाई रहिरहन्छ, आफ्नै गाँउको रमाइलो आर्थिर्कोपार्जन कार्यसहित । ग्रामिण क्षेत्रका सशक्त व्यक्तिहरुको सवल ग्रामिण आर्थिर्कोपार्जन कार्यसहित नेपालको आर्थिक प्रगति हुन्छ ।
लेखकः त्रिभुवन विश्वविद्यालयको विद्यावारीधी (ग्रामीण विकास) शोधकर्ता हुन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]