३ जेठ २०७७–काभ्रे । जिल्लाको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरीको कोरोना संक्रमण पुष्टि भइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाकाले धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभको पुष्टि नभएको जानकारी दिएकाछन् ।
गत वैशााख २४ गते शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएको सिन्धुपाल्चोक निवासी महिला २५ गते डिस्चार्ज भएको जानकारी प्राप्त भएको छ । डिस्चार्ज भएर घर सिन्धुपाल्चोक पुगेपछि ज्वरो र स्वास प्रस्वासमा समस्या भएपछि स्थानिय अस्पतालमा उपचार गरेपनि स्थिती झन जटिल बन्दै जादा धुलिखेल अस्पतालमा उपचार गर्न आउदै गर्दा बाटोमै मृत्यु भएको मन्त्रालयले दाबी गरेको छ ।
मृतक सुत्केरीको कोरोना हो वा हैन भन्ने सम्पुर्ण विवरण आएपछि मात्रै आधिकारिक जानकारी गराउने मन्त्रालयले जनाएको छ ।
उता धुलिखेल अस्पतालका अनुसार कोरोना संक्रमणको आशंकामा उनको स्वाव संकलन गरी पीसीआर परिक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि पुनः परीक्षण गर्न पठाइएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारको भनाई रहेको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकी ती महिलाको मृत्यु भएपछि अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार ‘सतर्कता अपनाएका हौं, संक्रमणको पुष्टी भइसकेको छैन । ‘रिपोर्ट आएपछि सोही अनुसारको निर्णय गर्छौं ।’
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]