३ जेठ २०७७–खोटाङ । जिल्लाको ऐसेलुखर्क गाउपालिकामा ग्रामिण विद्युतीकरणको लागी स्थानियबाट उठाएको करिब ११ लाख माथी रकम फिर्ता भएको जानकारी प्राप्त भएको छ ।
ग्रामिण विद्युतिकरणका लागी टेन्डर मार्फत अघि बढाईएको काम गाउँपालिकाले स्थानियबाट जनश्रमदान बापत रकम सकंलन गरि काम सम्पन्न गराएपछी उक्त ११ लाख १२ हजार रुपैया रकम फिर्ता भएको खबर प्राप्त भएको छ ।
ऐसेलुखर्क गाउँपालिकाको वडा नम्बर ५ महेश्वरी रिब्दुङ बन गाउँमा ग्रामिण विद्युतीकरणका लागि नेपाल विद्युत प्राधिकरणबाट १३ लाख रुपैयाको टेन्डर आव्हान भईसकेको काम सोही ठाँउका स्थानियहरुको जनश्रमदानबाट सम्पन्न गरेपछी उक्त रकम ठेकेदारबाट स्थानियलाई फिर्ता गराएको स्थानियको भनाई रहेको छ ।
बन गाउँका ८९ घर स्थानियहरुबाट विद्यूतीकरणका लागि प्रतिघर ३ हजार ५ सय रुपैयाका दरले रकम सकंलन गरी काम सम्पन्न गराएको स्थानिएको भनाई रहेको छ ।
१३ लाख रुपैयामा नेपाल बिद्युत प्राधिकरणले टेन्डर आवहन गरि फर्मलाई जिम्मा दिईसकेको सोही कामका लागी गाउँपालिकाकै रोहबरमा उपभोक्ता समिति गठन गरि जनश्रमदानबाट काम सम्पन्न भएको जनाईएको छ ।
ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले भने नेपाल बिद्युत प्राधिकरणले टेन्डर मार्फत हुने कामको विषयमा पालिकालाई जानकारी नगराएको जनाएकाछन् । प्राधिकरणको कम्जोरीका कारण टेन्डर आवहन भईसकेको काम स्थानिय जनश्रमदानबाट गर्नुपरेको अध्यक्ष निरौलाको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]