४ जेठ २०७७–काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विश्वब्यापी महामारीको कारण विश्वनै स्तब्ध भएको बेला नेपालमा लामो समयको लकडाउन पछाडी कोरोना संक्रमणका कारण सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला को ज्यान गएको छ । कोरोना संक्रमित निज महिला नेपालमा पहिलो मृतक हुन् ।
टोखा नगरपालिका–९ मा बस्दै आएकी उक्त महिलाको संक्रमण भने रहस्यमय भएको छ । निज महिला तीन महिना अघिसम्म बालाजुमा तरकारी पसल चलाउँथिन् । गर्भवती भएपछि नेपाली सेनाबाट अवकाश प्राप्त श्रीमानको सल्लाहअनुसार पसल छाडेकी थिइन् ।
मृतकका आफन्तका अनुसार टोखा नगरपालिका–९ मा कोठा भाडामा बस्दै आएकी निजले ११ चैतमा लकडाउन भएपछि वडा कार्यालयबाट सरकारी राहत पनि लिएको खुलेको छ ।
टोखामै रहेका बेला २३ वैशाखमा सुत्केरी व्यथाले च्यापेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको र ‘भोलिपल्ट छोरा जन्मिएको अस्पताल श्रोतले जनाएको छ । २५ गते डिस्चार्ज भएर उनलाई गाउँमा लगिएको थियो ।’
गाउँ गएलगत्तै श्वासप्रश्वासमा समस्या आएपछी स्थानिय बाह्रविसेस्थित प्राथमिक उपचार केन्द्रमा उपचार गराईएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै । प्राथमिक उपचार केन्द्रले काठमाडौं लैजान सुझाएको थियो । परिवारले धुलिखेल अस्पताल ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको र संक्रमण नै रहस्यमय भएको पारिवारिक स्रोतले जनाएको छ । उनको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि पछाडी स्वास्थ्य मन्त्रालयले सार्बजनिक गरेको हो ।
मन्त्रालयले सार्बजनिक गरेसंगै पहिलो कारोना संक्रमित महिलाको को आबस्यक प्रक्रिया पुरा गरी शनिबार राति नै पशुपति आर्यघाटमा अत्येष्टि गरिसकिएको छ । उक्त शब परिवारलाई छुन नदिएको एक मिटर परबाट हेर्न दिईएको र पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहमा शवको अत्येष्टि गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]