५ जेठ २०७७–खोटाङ । जिल्लाको दिक्तेलबजारमा खानेपानीको हाहाकार भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क–वेशक्याम्स सडक निर्माणको क्रममा खानेपानी विग्रिएपछि चारदिनदेखि दिक्तेबजारमा खानेपानीको समस्या भएको स्थानियको गुनासो रहेको छ ।
मेसिन लगाएर सडक निर्माण गर्ने क्रममा खानेपानीको पाइप चुटिएपछि विग्रिएको खानेपानी सञ्चालनमा नआउदा शुक्रवार देखि दिक्तेल बजारमा खानेपानीे समस्या भएको सेवाग्राहीहरुले बताएकाछन् ।
लकडाउनका बेला लामो समयदेखी बजारबासीहरुले खानेपानी नपाउदा सम्बन्धित निकायहरुले चासो नदेखाएको स्थानीयको आरोप रहेको छ ।
खानेपानी अभाव भएपछि घिमिरे धारा, पात्ले धारा लगायतका ठाउँमा पुगेर बजारवासीले पानी ल्याउन बाध्य छन् । लकडाउनको समयमा पानी नआएपछि धारामा पानी लिन जानेको भीड लाग्ने गरेको जानकारी प्राप्त भएको छ ।
अव्यवस्थित तरिकाले सडक निर्माणको काम गरिदाँ खानेपानीको पइप टुक्रा टुक्रा भएको र सडक निर्माण कम्पनीले केही पाइप दिएपनि त्यसले नपुगेपछि पाइप अभावमा पुरानो पाइप जोडेर सञ्चालनमा ल्याउने तयारी भइरहेको रम्बाखोला, माँझ खोला शहरी खानेपानी आयोजनाका सचिव नवराज जोशीले बताएकाछन् ।
प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलका अनुसार उक्त समस्या प्रशासनको जिम्मेवारीभन्दा बाहिरको कुरा हो, बजारबासीलाई पानीको ब्यबस्थापन गर्न सम्वन्धित निकायलाई ताकेता गरिरहेको बताएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]