६ जेठ २०७७–खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवालाई कोरोनाको संक्रमण भएको पूष्टी भए लगत्तै हलेसी नगरपालिका लाई शिल गर्नुका साथै संक्रमितलाई उपचारका लागि विराटनगरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा पठाइएको जानकारी प्राप्त भएको छ ।
शहरमा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका स्थानीयलाई नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउनेक्रममा उनी बैसाख १२ गते गाउँ आएका थिए ।
संक्रमितको परिवार का ८ जना, साथै उनिसंग बसमा यात्रा गरेका व्यक्ती, उनको संसर्गमा बसिसकेका व्यक्ती गरी ४३ जनाको पिसिआर टेष्टका लागि विपी कोइराला स्वास्थ्य विज्ञा प्रतिस्ठान घरान पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताएकाछन् ।
संक्रमितको कोरोना पोजेटिभ पुष्टि भएसंगै निज संग यात्रा गरेका अन्य व्यक्तीहरुको समेत खोजी भइरहेको जानकारी आएको छ । उनीसँगै अन्य स्थानीय तहका व्यक्तीले समेत यात्रा गरेको अनुमान गरिएको छ ।
होम क्वारेन्टाइनमा बसेपछि उनी गाउँकै खानेपानी योजनाको काममा संलग्न भएकाले सो आयोजनाको काममा संलग्न सबैको पिसिआर टेष्ट गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]