७ जेठ २०७७–काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले संघीयता संविधान अनुसार कृषि क्षेत्र बजारलाई छोडिदिंदा झनैं कमजोर भएको बताएकाछन् । संविधान बमोजिम कृषि क्षेत्रको पुनसंरचना गर्ने बेला आएको मन्त्रि भुसालको भनाई रहेको छ ।
राष्ट्रिय सभामा बिऊ बिजन दोस्रो संशोधन विधेयक–२०७५ माथि जवाफ दिदैं मन्त्री भूसालले अब प्रदेश र स्थानीय सरकारले नै रैथाने बिऊबालीको सूचीकरण गर्न सक्ने बताएकाछन् । संघबाट नियमन गर्ने अनि प्रदेश र स्थानीय सरकारले लागू गर्ने मर्म अनुसार, विधेयक ल्याएको मन्त्री भुसालले बताएकाछन् ।
“हिजो राजाको समयमा अर्कै व्यवस्था अपनाइयो । प्रजातन्त्र पछि सरकारले कृषि गर्दैन भन्ने मान्यताले यो क्षेत्र बजारलाई छोडि दियौं । जसलाई फर्केर हेर्दा यो क्षेत्र धेरै नराम्रोगरी खल्बलियो ।
कृषि क्षेत्रको सुधार गर्ने उपयुक्त समय भएकोले “अहिले एउटा अवसर आएको छ । कृषि क्षेत्रको पुनसंरचना गर्ने यो अवसर र दायित्व पनि हो ।” संविधानमा संघीयता र समाजवाद उल्लेख भएकाले त्यसैअनुसार, कृषि क्षेत्रको पनि पुनसंरचनाको खाँचो रहेको मन्त्री भूसालले बताएकाछन् ।
सरकारले अगाडि बढाएको कानूनी व्यवस्थाले कमजोर मुलुकको कृषि व्यवस्था उकास्ने प्रयत्न गरेको,अहिले नेपालमा सूचीकृत भएको बिऊबालीका हिसाबले नेपाल कमजोर अवस्थामा रहेको समेत मन्त्री भूसालको दाबी रहेको छ ।
राष्ट्रियसभाबाट बिऊबिजन दोस्रो संशोधन प्रस्ताव–२०७५ विधेयक माथि बिचार गरियोस् प्रस्ताव पारित भएको छ भने विरुवा संरक्षण पहिलो संशोधन विधेयक–२०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पारित भएको जानकारी प्राप्त भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]