८ जेठ २०७७–खोटाङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा संघिय सांसद विशाल भट्टराईले स्वास्थ्य सेवा विभाग मार्फत पहल गरेर ल्याएको स्वास्थ्य सामग्री आज (बिहिबार) जिल्ला अस्पताल खोटाङलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ ।
काठमाण्डौबाट उच्च सर्तकताका साथ श्वास्थ्य सामग्री लिएर खोटाङ आएपछी हस्तान्तरण गर्ने क्रममा केही प्रतिपक्ष दलका नेता कार्यकर्ताहरुले क्वारेन्टाइनमा बस्नुपर्छ जस्ता बिरोधका लागि बिरोध गरेको कारण आफुले जनताको मन जानेर अहिले सम्म नदुखाएको, आफ्नो पिसिआर टेष्ट गरेको र सोको प्रमाण भएकाले आबस्यक पर्दा क्वारेन्टाइनमा बस्न तयार रहेको बताएकाछन् ।
सांसद भट्टराईको पहलमा स्वास्थ्य सेवा विभागले अस्पताललाई उपलब्ध गराउनेगरी ५०० थान आरडिटि किट, ५०० थान पिसिआर किट, ५० थान पिपिइ, २० थान थर्मल गन, ५० थान सुकभर, ३० थान सेफ्टी चस्मा, ५० थान सर्जिकल क्याप, २० थान फेस सिल्ड, ५० थान केएन नाएन्टीफाईब मास्क, एक हजार थान नर्मल मास्क, १०० थान ग्लोब्स र स्यानिटाइजर १६ लिटर उपलब्ध गराएको थियो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका सांसद भट्टराईको पहलमा प्राप्त स्वास्थ्य समग्री जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, अस्पतालका स्वास्थ्यकर्मी लगायतको उपस्थितिमा आज हस्तान्तरण गरेको जानकारी दिईएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका स्थानीय तहले यस अघि कोरोना टेष्टको लागि आबस्यक श्वास्थ्य सामग्रीको अभाबमा आ–आफ्नो क्षेत्रमा स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा भएको रकमले स्वास्थ्य सामग्री खरिद गरेर परीक्षण गरिरहेको जनाएका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]