८ जेठ २०७७–खोटाङ । जिल्लाको रावाबेँसी गाउँपालिकाले सिमा नाकामा हुने आवत–जावतमा रोक लगाएको खबर प्राप्त भएको छ ।
हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उक्त गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत–जावतमा समेत रोक लगाएको गाउपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिएकाछन् ।
गाउँपालिकास्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले गाउँपालिकाको सबै नाकाबाट हुने आवत–जावत बन्द गर्ने निर्णय गरिएको हो ।
गाउँपालिकाभित्र सञ्चालित होटल पूर्णरुपमा बन्द गराउन गर्न निर्देशन दिइएको साथै यही जेठ १६ गतेसम्म गाउँपालिकाको कार्यालयबाट अत्यावश्यक बाहेकका अन्य सेवा समेत बन्द गरिएको अध्यक्ष निरौलाको भनाई रहेको छ ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न नेपाल सरकारले लागू गरेको बन्दाबन्दीको अवधिभर गाउँपालिकाभित्रका खाद्य पसल दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ५ बजेसम्म मात्र खुला गरिने जनाइएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]