कमल प्रसाद तिमल्सिना
कोरोना को सुरुवात हुँदा हामीले यस्तो माहामारीको कल्पना पनि गरेका थिएनौ र यस माहामारी बाट बच्न को लागि भनेर हामी ले कुनै योजना नै बनाएनौं जसको परिणाम अहिले सम्म हामि बेबस्थित क्वारेन्टाइनको सम्म बेवास्ता गर्न सकेका छैनौ/
कोरोना को असर बिस्तार देखिदै गएपछी सरकार ले बिद्यालय स्तरको परिक्षा चैत्र ५, २०७६ भित्र सक्न सरकार को निर्देशन पस्चात देशै भरका निजि तथा सरकारी बिद्यालय हरुले कक्षा १ देखि कक्षा ९ सम्म को परिक्षा निर्देशित समय भित्र नै सकेका थिए भने SEE को परिक्षा भने स्थगित गर्ने सरकार को कुनै तयारी नै थिएन मानौ कोरोना कक्षा १ देखि ९ सम्म लाइ मात्र असर गर्छ, तर सरकारले परिक्षा को सम्पूर्ण तयारि सकेर बिद्यार्थीहरु आफ्नो आफ्नो केन्द्र मा गइ सकेको अवस्था मा सरकारबाट चैत्र ५, २०७६ मा SEE को परिक्षा स्थगित गर्ने निर्णय भयो र हाल सम्म SEE परिक्षा के हुने हो कुनै निश्चित देखिदैन/
कोरोनाको महामारी चिन बाट बिस्तारै युरोप, अमेरिका तर्फ फैलदै जाँदा सम्म नेपाल लाइ खतरा को संकेत देखिएन तर जब यसले छिमेकि मुलुक भारत मा प्रेबेश गरेयो अनि हामी नेपाली लाइ पनि डर बडन थाल्यो र काठमाडौं मा कलेज अध्यन गर्ने विद्यार्थी, र केटाकेटी बोर्डिंग स्कुल पढाउने बाहानामा डेरा गरि बस्ने सबै काठमाण्डौ छाड्न थाले भने सरकार ले चैत्र १०, २०७६ मा लकडाउन को घोसणा गरि सके पछी भने काठमाण्डौमा सानोतिनो व्यापार व्यावसाय गर्ने सबै मानिस काठमाण्डौ छाड्न थाले र गाउँमासुरुवाती दीन हरु दशैँ जतिकै रमाइलो हुन पुग्यो,काठमाण्डौमा व्यापार व्यावसाय गर्ने छोरा बुहारी,काठमाण्डौमा केटाकेटी बोर्डिंग स्कुल पढाउने बुहारी अनि साथमा नाति नातिना घर पुग्दा बूढा हजुरआमा हजुरबाको खुसिको सिमा रहेन कोरोनाले विश्व आक्रान्त भएर रोहिरहेको समय पनि मेरो गाउँ को खुसि सिमानै थिएन यहि उपलक्ष्यमा उमेर नपुगेकै बोका खसी हरु ले पनि अनाहक ज्यान गुमाउँ बाध्य भए कमसेकम दशैँ सम्म बच्ने आशा बोकेका थिए होलानकेटाकेटी हरु लाइ चिची खुवाउने हजुरबुबा को इच्छाले गर्दा/
भूइचालो ले ५ बर्ष पहिला थला परेको मेरो गाउँ पहिला पो १७ हाता लम्बाई १३ हात चौडाई चोटा र बुइँगल अनि बार्दली भएको घर हुन्थियो र घर मा जति मानिस हुँदा पनि बस्न कुनै समस्या हुदैन थियो तर अहिले त गाउँ मा जम्मा दुई कोठे मात्र घर हुँदा सुरुको दुई दिन पो नाति नातिना संग बस्न बुढा हजुरआमा हजुरबा हरु लाइ रमाइलो भयो लकडाउन को दिन बढ्दै जाँदा खेति पाति समय पनि सुरु भयो गाउँ मा मल बोक्ने मकै रोप्ने काम को चपेटो बढ्न थाल्यो बुढा हजुरआमा हजुरबा को अर्म पर्म को सुरु भयो सहर मा चुलबुल गरेर हुर्केका नाति नातिना को माग पुरा गर्न हजुरबा हजुरआम लाइ धौ धौ पो पर्न थाल्यो लकडाउन ले पसल हरु पनि बन्द, गाउँ को दुध तरकारी को निर्यात पनि बन्द अनि हजुरबा हजुरआमा को जोगी पनि बन्द बिस्तारि सुरुवाती दिन मा नाति नातिना संग मिठो मिठो खाएको सम्झेर मात्र बस्नु पर्ने अवास्ठा सिर्जना भै सके छ मेरो गाउँमा/
आजभोली कता कता कृषिको उत्पादकत्व बढ्ने भनेर समाचार रेडियो पत्रपत्रिका अनि सामाजिक संजाल मा सुन्ने गरेको छु किन भन्दा सहर बाट काठमाण्डौमा सानोतिनो व्यापार व्यावसाय गर्ने, कलेज अध्यन गर्ने विद्यार्थी, र केटाकेटी बोर्डिंग स्कुल पढाउने बाहानामा डेरा गरि बस्ने आमा हरु गाउँ गएको ले भन्ने पनि सुनेको छु यसको लागि एउटा बिस्तृत अध्यन गरि शोध तयार पार्नु पर्ने हुन्छ तर कृषिको उत्पादकत्व बढे पनि वा नबढे पनि यस बर्ष भने बुढा हजुरआमा हजुरबाले मल डोको बोक्न भने केहि कम नै भयो अनि घास को भारि पनि काम भएको छ, बुढा हजुरआमा हजुरबा खुसि छन त्यसैले कोरोनाको त्रास संगै मेरो गाउँ उज्यालो छ र आशा छ कोरोना को अन्त्य पछी पनि मेरो गाउँ यसरि नै उज्यालो हुने छ जय होस्/
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]