जिज्ञासु महेश
छन्द शार्दूलविक्रीडित
देखिन्छौ अति सुन्दरी बगलमा जैल्हे नि छाया सरी ।
आऊ प्रीयतमा चुमौली तनमा बेरेर माया गरी ।
छन् तिम्रा अनुहारमा खुलिकनै कोठी मिलेका अती ।
माया मोह दया दिने छ मनमा यो प्रेम हो ओखती ।
निन्द्रा भंग भयो उशा झलमली,राम्री भयौ है तिमी ।
राख्यौ है मनमा हरपल झनै माया त रोप्यौ पनि ।
यी नौला परिवेशमा रहरका दानाहरु झैं फल ।
आऊ विर्सु सबै कुरा रहरले, माया छ है कोमल ।
मायाले म सखाप सिद्दिए भन्यौ गर्यौ रुदै रोदन ।
लोलाएर मिलेछु ज्यानसँग यो, सजाउँदै जोवन।
यो कस्तो पिरती रहेछ मनमा अल्झेर भारी भयो ।
छेडेर झन खोचमा गहकिलो,माया नि मारी गयो ।
मेरो भाग्य भविष्य हो भनिकनै, आयौ तिमी मै निर ।
प्यासी छौ अति प्यासले भरिकनै, आयौ तिमी मै निर ।
प्यारी यो नव रंगको समिपमा, आएर माया गर ।
बारुली कमलो छिनेर लचिलो राम्रो छ है कम्मर ।
मेरो यो पिरती उमंग दिउला खोजेर संसार कै।
मायाका सपनाहरु मिलिजुली पूरा गरूला अझै ।
यो माया अनगिन्ति हो नि मुटुको मीठो सधै बोलन ।
यो संसार तिमी भएर भरियो मुस्कान मीठो धन ।
हट्यो है मुटुको सबै छटपटी आराम भो है मन ।
माया गर्न दिनू अठोट सपना हुँदा खुसी झन्झन ।
हाम्रो प्रेम लता त अमृत थियो छाया र रश्मी सरी ।
प्यारो साथ तिमी छँदा हृदयको माया भयो रस्बरी ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]