९ जेठ २०७७–रुपन्देही । गुल्मीका कोरोना संक्रमित शिक्षकको शव मृत्यु भएको ३१ घण्टा पछी नेपाली सेनाले व्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
कोरोना संक्रमित भएपछी उपचारका क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको झण्डै ३१ घण्टापछि मदाने गाउँपालिका ६ पुर्कोट दहका शिक्षकको शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
अस्पताल प्रशासन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिबीच छलफलपछि आज दिउसो २ बजे तिर बुटवलबाट पूर्वतर्फको जङ्गलमा सब गाडिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिएकाछन् ।
गत जेठ १ गते उपचारका लागि रुपन्देहीको तिलोत्तमा क्रिमसन अस्पताल भर्ना भएका प्रधानध्यापक समेत रहेका शिक्षकको जेठ ८ गते बिहान ७ बजेर १० मिनेटमा कोरोना संक्रमण बाट मृत्यु भएको प्रदेश नं ५ को सामाजिक बिकास मन्त्रालयले पुष्टि गरेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]