कमल प्रसाद तिमल्सिना
२०४६ साल को परिवर्तन को आन्दोलन हुँदाको दिन हरु मेरो मानसपटल मा अझै ताजा स्मरण छ जति बेला मरिचमान गुण्डा समातेर झुन्डा भन्ने एउटा नारा मैले सुनेको थिए तर मलाइ थाहा थिएन को मरिच मान अनि किन झुन्न्याउने अनि केहि दिन पछी वा केहि महिना पछी गाउँ मा सुने मैले देश मा बहुदल आयो रे बहुदल र निर्दल को पनि ज्ञान हुने समय भएको थिएन फेरी सुने गाउँमा अन्तरिम सरकार बन्यो अरे कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री बने रे गणेश मान लाइ प्रधानमन्त्री को प्रस्ताव गरेको उहाँले किसुन जी अघि सार्नु भयो अरे तर मलाई यो सब कुरा सुन्न को लागि मात्र हुन्थ्यो अरु केहि बुझ्दिन थिएँ ।
२०४८ साल मा संसदीय निर्वाचन को मलाई अलि अलि याद छ सबै को घर मा झण्डा फरफराएको देख्दा खुब रमाएलो लागको थियो तर मलाई यो थाहा थिएन कि कुन पार्टी को झण्डा राम्रो हो र अहिले सम्म पनि यो कुरो थाहा पाउन सकेको छैन। त्यति बेला को एउटा रमाइलो घटना मलाई राम्रो याद छ म मेरो दिदि संग खेतमा जान्दै थिएँ बाटो मा एउटा घरमा हँसिया हथौडा अंकित झण्डा फरफर्राई रहेको देखे मलाई यो कुरो थाहा थियो कि यो कम्युनिस्ट पार्टी को झण्डा हो र अनायासै मैले कम्युनिस्ट पार्टी जिन्दाबाद भनेको थिएँ एकजना गाउँ कै मामा घास काट्दै हुनुहुदोरहेछ र उहाँले के भनिस? भनेर मालाई एक्कासी लखेटन थाल्नु भयो ।
मैले सोचे कम्युनिस्ट पार्टी जिन्दाबाद भनेको ले मलाइ लखेट्नु भएको होला भन्दै भागी रहे म अघि अघि उहाँ पछी अनि उहाँ को पछी मेरी दिदि उहाँले मलाइ भेट्नु भयो र उहाँको हाता मा भएको लौरो उठाउनुभएको थियो मेरी दिदि ले प्रश्न गर्नु भयो किन भाइ लाइ लखेट्नु भाको? अनि उहाँले त मलाइ किन कमिज कट्टु भनेको पो भन्नु हुन्छ र हेरे उहाको पहिरन कमिज र कट्टु थियो अनि दिदि ले भन्नु भयो भाइ ले त कम्युनिस्ट पार्टी जिन्दाबाद पो भनेको भने पछी उहाँले ए तेसो भए त ठिकै छ भनेर छाडी दिनु भयो मैले लौरो चै खानु परेन।
मलाई अर्को एउटा घटना को पनि याद छ म सायद दुई कक्षा मा थिए होला मलाइ गाउँ पंचायत र गाउँ बिकास को भिन्नता को बारेमा बुझिसकेको थिइन एक दिन बुबा संग घट्ट गएको थिए र बुबा अरु कुनै काम को लागि बाजर जानु भएको थियो अनि त्यहि बेला एक जना दाई संग भेट भयो उहाँ त्यति बेला उहाँ कक्षा ७ तिर अध्यन गर्नु हुन्थियो होला उहाँले मलाई तिम्रो घर कता हो भनेर सोध्नु भयो मैले मेरो गाउँ पंचायत को नाम टोल को नाम सबिस्तार भनेको त उहाँले मेरो गालामा एक चड्कन पो लगाउनु भयो अब पनि गाउँ पंचायत हुन्छ गाउँ बिकास समिति भन्नु पर्छ भनेर थर्काउनु भयो उहाँ अहिले पनि नेपालि राजनीति नै हुनुहुन्छ। तर अहिले चै उहाँ संग भेट भएको छैन भेट भयो भने म मेरो गाउँ पालिकाको नाम प्रस्ट भन्न सक्थे।
२०५० साल को अझै ताजा सम्झना छ मलाई दास ढुङ्गा दुर्घटना त्यति बेला का चर्चित नेता मदन भण्डारी र जिबराज आश्रीत को निधन भएको त्यही समय नेपालि पर्वतारोही महिला पासाङलाम्यू शेर्पा को सागरमाथा आरोहण को क्रम मा हिम पहिरो मा पुरिएर निधन भयको अहिले जस्तो सामजिक संजाल र टेलिभिजन को वेबस्था उति बेला थिएनन रेडियो बाट समाचारहरु सुन्ने मात्र हुन्थियो र गाउँ मा केहि समय पछी भिडियो देखाउने चलन हुन्थ्यो। मैले पनि उक्त दुवै घटना को भिडीयो बजार मा हेरेको थिएँ अझै पनि मेरो मानसपटलबाट हराउन सकेको छैन।
घटना दुर्घटना हुँदै देश मा परिवर्तन भयको रहेछ त्यो कुरा मलाई थाहा थिएन म कक्षा चार मा पुगी सकेको रहेछु त्यति बेला कक्षा चार मा पनि सामजिक शिक्षा पढाई हुन्थियो र मैले नेपाल का चार शहिद को नाम अनि नेपालि परवर्तन को लागि उनिहरुको योगदान अनि बलिदान को पाठ पड्दै थियौ हामि २०५२ साल तिर होला नेपाल मा माओवादीले बन्दुक उठायो रे भन्ने सुन्न थालियो के को लागि भन्दा परिवर्तनको लागि भन्ने सुनियो म छक्क परे माथि पढेका शहिद हरु ले कुनै परिवर्तन गरेनछन कि कसो मेरो मन मा प्रश्न उठेको थियो ।
तर मैले यो प्रश्न कोहि संग राख्ने आट गर्न सकिन, दिन हरु बित्दै गए २०५२ साल भन्दा पछी २०५२-२०५४ हुन पर्छ कालापानी हाम्रो हो मिचिएको जमिन फिर्ता गर आदि आदि नारा हाम्रा गाउँ तिर केहि अग्रग दाइ हरु ले भाषण गरेको सुनेको थिएँ तर त्यस बिषयमा धेरै बुझ्न सकिन बिस्तार देश मा जनयुद्ध चर्कदैं गयो म पनि पड्दै स्कुले जीवन सके स्कुले जीवन पछी केहि समय काठमाण्डौं बसेर पढियो अनि २०५९ साल बाट जागिर सुरु भयो जागिर को सिलसिलामा मा तिन वर्ष जति मैले पुर्बी नेपाल को भोजपुर मा बिताए ।
उक्त समय यस्तो देश मा दुई वटा शासन बेबस्ता थियो सदमुकाम राजा को शासन थियो भने गाउँमा माओबादी को जनसरकार तियो हामि शाही सरकार को दाना पानि खाने अनि जनसरकारको काम गर्नु पर्थ्यो र कर जन सरकार लाइ बुझाउनु पर्ने बेबस्था थियो। केन्द्र मा राजा को सरकार गाउँ मा माओबादी को सरकार अनि सात राजनैतिक दल सडक आन्दोलन मा थिए २०६२ तिर सोहि समय सडक आन्दोलन गर्ने सात राजनैतिक दल र तत्कालिन माओबादी बिच १२ बुदे सहमति भयो र जसको जग मा १९ दिने जनआन्दोलन भयो र राजा ले सत्ता जनता लाइ हस्तान्तरण भयो।
२०६२/०६३ को जनआन्दोलन पछी नेपाल मा दुई वटा संबिधान सभा को निर्वाचन भयो र दोस्रो संबिधान सभा बाट २०७३ अशोज मा संबिधान जारी भयो त्यस समय नेपाल को संबिधान जारि गरेको बिषयमा भारत सन्तुष्ट थिएन र संबिधान जारि गरेकै निहुँमा भारत ले नेपाल माथि नाकाबन्धी लगायो र नेपाल सरकार को अडान अनि अन्तरास्ट्रिय दवाब पछी भारत ले नाकाबन्दी खोल्न बाध्य भयो ।
समय को क्रम संगै बेला बखत उठेको मुद्दा ले अहिले एउटा सार्थक रुप लिएको छ र नेपाल को मिचिएको भुमि जुन अग्रेज नेपाल युद्द को समाप्ति संगै एउटा सन्धि पत्र मा हस्ताक्षर गरि काली नदि पूर्व को भुमि नेपाल हो भनि सिमाना कायम भएको थियो जुन भूभाग भारत ले कब्जा गरेर कालापानी मा भारतीय सैनिक तैनाथ गरि रहेको छ।
हाल नेपाल सरकार ले हाम्रो मिचिएको भुमि सहित को नक्सा सार्वजनिक गरेको छ र हिजो मात्र नापी विभाले नयाँ नक्सा प्रिन्ट गरि सकेको छ अब छिटै नेपाल सरकार ले कुटनैतिक पहल मार्फत आफ्नो नक्सा अनुसार को सिमाना छिटै कायम गर्ने छ भन्ने मा पूर्ण आशा बादी छु। जय होस्।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]