१० जेठ २०७७– खोटाङ, । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका वडा अध्यक्ष र सदस्यहरुले आँफुले राज्यबाट तीन÷तीन महिनाका पाउने सेवा सुबिधाले ९१ बिपन्न परिवारलाई राहत बितरण गरेको जनाएको छ ।
लामो समय देखी राज्यले गरेको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी काम गर्न नपाउँदा दैनिकी नै चल्न गाह्रो परेका परिवारलाई चामल २५ केजी, तेल १ पोका र १ केजी दाल उपलब्ध गराइएको वडाध्यक्ष लोकेन्द्र राईले बताएकाछन् ।
खाद्यान्न खरिद गर्न वडाध्यक्ष राईले रु ४० हजार, जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर विश्वकर्माले रु १८ हजार, जिल्ला समन्वय समितिकी सदस्य भगवती प्रधानले रु १० हजार, कार्यपालिका सदस्य ज्ञानबहादुर माझीले रु १५ हजार, वडा सदस्यहरु राजबहादुर राई र रमा विश्वकर्माले रु १५/१५ हजार ,जनता मावि भण्डारीडाँडाका प्रधानाध्यापक पवन राईले रु १० हजार र राम्चे निकेतन मावि इजाराका प्रधानाध्यापक इश्वर लम्सालले राहत सामग्री वडा/वडामा पु¥याउन लाग्ने ढुवानी खर्चको व्यवस्था गरेको जनाइएको छ ।
वडाका टोलटोलमा पुगेर शुक्रबार र शनिबार गरिएको राहत वितरणमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका सचिव तथा प्रदेश कमिटी सदस्य रामप्रसाद दंगाल, राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य बिनोद राई, नेपाल विद्यार्थी सङ्घ खोटाङका सचिव राजदेश राई, युवा सङ्घ दिपु्रङ चुइचुम्मा गाउँपालिकाका संयोजक सुकेन्द्र राई लगायतको उपस्थिति रहेको जिल्ला समन्वय समितीका सदस्य चर्च बहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]